मन्त्रिपरिषद्को बैठक सम्पन्न, यस्ता छन् निर्णय



हाम्रो इकोनोमि

 

मन्त्रिपरिषद्को आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न राजनीतिक नियुक्ति गरेको छ । बैठकले नेपाल कृषि अनुसन्धान परिषद् ‘नार्क’को कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले सम्झौता गर्ने अख्तियारी प्राप्त गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा आज आइतबार दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक डाकेका थिए। सदाजस्तो सोमबार र बिहिबार मात्रबस्ने मन्त्रिपरिषद्को बैठक आइतबार नै बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।

यस्तै आजको मन्त्रिपरिषद्को बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको र सोको सम्झौताको अख्तियारी त्यहाँका नेपाली राजदुत अञ्जान शाक्यलाई प्रदान गरेको छ ।

आजको आकस्मिक डाकिएको मन्त्रिपरिषद् बैठकमा मन्त्रिमण्डल हेरफेरको कुनै कुरा नउठेको बैठकमा सहभागी एक मन्त्रीले सुनाए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...