मन्त्रिपरिषद्को बैठक सम्पन्न, यस्ता छन् निर्णय



हाम्रो इकोनोमि

 

मन्त्रिपरिषद्को आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न राजनीतिक नियुक्ति गरेको छ । बैठकले नेपाल कृषि अनुसन्धान परिषद् ‘नार्क’को कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले सम्झौता गर्ने अख्तियारी प्राप्त गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा आज आइतबार दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक डाकेका थिए। सदाजस्तो सोमबार र बिहिबार मात्रबस्ने मन्त्रिपरिषद्को बैठक आइतबार नै बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।

यस्तै आजको मन्त्रिपरिषद्को बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको र सोको सम्झौताको अख्तियारी त्यहाँका नेपाली राजदुत अञ्जान शाक्यलाई प्रदान गरेको छ ।

आजको आकस्मिक डाकिएको मन्त्रिपरिषद् बैठकमा मन्त्रिमण्डल हेरफेरको कुनै कुरा नउठेको बैठकमा सहभागी एक मन्त्रीले सुनाए ।

प्रतिक्रिया दिनुहोस
पत्रकारिता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको २०औँ वर्ष प्रवेश तथा महासंघको...

वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै अभिमुखीकरण तालिम दिने

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम सरकारले नै...

चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...