मन्त्रिपरिषद् हेरफेर बारे ओली–प्रचण्डबीच यस्तो भयो सहमति



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकले गरेका निर्णय कार्यान्वयन गर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्नेलगायत विषयमा छलफल भएको बताइएको छ । मंगलबार बसेको सचिवालय बैठकले १० दिनभित्र सांगठनिक एकताको प्रस्ताव पेश गर्न दुई अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको थियो । त्यस्तै दुई अध्यक्ष, ओली–प्रचण्डबीच भएको भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य थालिसक्नुभएको बताइएको छ । सचिवालय बैठकमा दुई वर्षे अवधि गुजारेकालाई बिदा दिने, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूलाई बिदा दिएर आवश्यकलाई पुनर्नियुक्ति दिने, मन्त्रालय फुटाउने र रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने आदि विकल्पमा छलफल भएको थियो ।

त्यस्तै प्रधानमन्त्रीले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय फुटाएर ऊर्जा र जलस्रोत तथा सिञ्चाई मन्त्रालय अलगअलग बनाउने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर वाणिज्य तथा आपूर्ति मन्त्रालय अलग्गै बनाउने विकल्पमा पनि प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पत्रकारिता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको २०औँ वर्ष प्रवेश तथा महासंघको...

वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै अभिमुखीकरण तालिम दिने

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम सरकारले नै...

चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...