वैज्ञानिक वन व्यवस्थापन कार्यविधि,२०७१ खारेज गर्न संसदीय उपसमितिको सिफारिस



हाम्रो इकोनोमि

 

सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गर्न सिफारिस गरेको छ ।  बिहीबार उपसमितिले समितिलाई अध्ययन प्रतिवेदन बुझाउदै वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गरि राष्ट्रिय वन नीति २०७५ र वन ऐन २०७६ को उदेश्य अनुरुप वन क्षेत्रको आर्थिक सामाजिक र वातावरणीय पक्षसमेत बिचार गरि राष्ट्रिय मापदण्ड तर्जुमा गर्नका लागि सरकारलाई निर्देशन दिन सिफारिस गरेको हो ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालनमा अनियमितता गरी विभिन्न व्यक्तिहरुले अस्वभाविक उच्च जीवनस्तर बिताउँदै आएको देखिएकाले भन्दै उपसमितिले उनीहरुमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ बमोजिम पहिचान र सम्पत्ति छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिन सुझाव पनि दिइएको उपसमिति संयोजक प्रदीप यादवले बताए ।

त्यस्तै मुलुकका केहि जिल्लाहरुमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू गरेका वनहरु र साझेदारी वनहरुमा निर्धारित कटान प्लट भन्दा बाहिर गई अध्याधिक रुखहरु कटान भएको देखिएको भन्दै वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश गर्ने सबैलाई कारबाही गर्न निर्देशन दिनुपर्ने सुझाव पनि दिएको छ ।

त्यस्तै गलत कार्ययोजना तर्जुमा गरि वन विनाशमा सघाउने परामर्शदाताहरुलाई  पहिचालन गरि कालो सूचीमा राख्न पनि सुझाव दिइएको उपसमिति संयोजक यादवले जानकारी दिए ।  उपसमितिले चूरे क्षेत्रको संरक्षणका लागि बार्षिक १ अर्व ५५ करोड बिनियोजन हुदै आएपनि सो क्षेत्रको व्यवस्थापनमा गम्भीर चूनौती सिर्जना भएको ठहर गरेको छ । त्यस्तै वन पैदावारमा जीवन निर्भर रहेका समूदायलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नामा वन पैदावारमाथिको पहुँचबाट वञ्चित गरिएको उपसमितिको ठहर छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...