वैज्ञानिक वन व्यवस्थापन कार्यविधि,२०७१ खारेज गर्न संसदीय उपसमितिको सिफारिस



 

सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गर्न सिफारिस गरेको छ ।  बिहीबार उपसमितिले समितिलाई अध्ययन प्रतिवेदन बुझाउदै वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज गरि राष्ट्रिय वन नीति २०७५ र वन ऐन २०७६ को उदेश्य अनुरुप वन क्षेत्रको आर्थिक सामाजिक र वातावरणीय पक्षसमेत बिचार गरि राष्ट्रिय मापदण्ड तर्जुमा गर्नका लागि सरकारलाई निर्देशन दिन सिफारिस गरेको हो ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालनमा अनियमितता गरी विभिन्न व्यक्तिहरुले अस्वभाविक उच्च जीवनस्तर बिताउँदै आएको देखिएकाले भन्दै उपसमितिले उनीहरुमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ बमोजिम पहिचान र सम्पत्ति छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिन सुझाव पनि दिइएको उपसमिति संयोजक प्रदीप यादवले बताए ।

त्यस्तै मुलुकका केहि जिल्लाहरुमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू गरेका वनहरु र साझेदारी वनहरुमा निर्धारित कटान प्लट भन्दा बाहिर गई अध्याधिक रुखहरु कटान भएको देखिएको भन्दै वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनाश गर्ने सबैलाई कारबाही गर्न निर्देशन दिनुपर्ने सुझाव पनि दिएको छ ।

त्यस्तै गलत कार्ययोजना तर्जुमा गरि वन विनाशमा सघाउने परामर्शदाताहरुलाई  पहिचालन गरि कालो सूचीमा राख्न पनि सुझाव दिइएको उपसमिति संयोजक यादवले जानकारी दिए ।  उपसमितिले चूरे क्षेत्रको संरक्षणका लागि बार्षिक १ अर्व ५५ करोड बिनियोजन हुदै आएपनि सो क्षेत्रको व्यवस्थापनमा गम्भीर चूनौती सिर्जना भएको ठहर गरेको छ । त्यस्तै वन पैदावारमा जीवन निर्भर रहेका समूदायलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नामा वन पैदावारमाथिको पहुँचबाट वञ्चित गरिएको उपसमितिको ठहर छ ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा