नयाँबस्ती टिमले गर्यो घर हस्तान्तरण



हाम्रो इकोनोमि

 

टिम नयाँबस्तीको पहलमा तयार भएको घर आज हस्तान्तरण गरिएको छ । राप्ती नगरपालिका वडा नं. १ नयावस्तीमा जंगली हात्तिले भत्काएको अमर बहादुर चेपाङको घर आज एक कार्यक्रमको आयोजना गदै हस्तान्तरण गरिएको हो । बागमती प्रदेश सांसद कृष्ण खनालको प्रमुख आतिथ्यतामा घर हस्तान्तरण गरिएको टिम नयावस्तीका अध्यक्ष निरज खनालले बताउनु भयो । गत साउन १७ गते जंगली हात्तिको कारण चेपाङको घर भत्किएको थियो ।
केहि दिन आफ्नो छोरा पर्नेको आश्रयमा बस्नु भएको थियो । कार्यक्रममा बोल्दै नेकपा राप्ती इन्र्चान मान बहादुर स्याङबोले जंगली जनावरको आक्रमणको कारण स्थानियले दिनदिनै दुख भोग्नु परेको बताउनु भयो । कार्यक्रममा राप्ती नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शमशेर लामाले युवाले यस किसिमको काममा देखाएको चासोको खुलेर प्रशंसा गर्नुभएको थियो । कार्यक्रमका बिशिष्ट अतिथि , राप्ती नगरपालिकाका उप प्रमुख इमानसिह लामाले आफुले आफ्नो मासिक तलब बाट सामाजिक सेवामा खर्च गर्ने क्रममा चेपाङको घर बनाउन लागी परेको बताउनु भयो । अहिले सम्म उहाले ५ जनाको घर बनाउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद कृष्ण खनालले युवाको सक्रियतामा भएको काम उदारहणिय रहेको बताउनु भयो । यो अभियानलाइ निरन्तरता दिनको लागी उहाले आग्रह समेत गर्नु भएको छ ।
राप्ती नगरपालिका वडा नं. १ का वडा कमिटी अध्यक्ष विमलकान्त डल्लाकोटी , जनशक्ति सामुदायिक बन समितीका अध्यक्ष निर्मल कुमार श्रेष्ठ, राष्ट्रिय आधरभुत विद्यालयका अध्यक्ष लेखनाथ खनाल, राप्ती नगरपालिका वडा नं. १ र २ नेकपा वडा इन्र्चाज रामजी कडेल समाजसेबी युबा निर्देशन त्रिपाठी , लगायतकाको उपस्थिती रहेको थियो । टिम नयाबस्तीले करिब साढे २ लाख रुपैयाको लागतमा चेपाङको घर निर्माण गरेको हो । राप्ती नगरपालिकाका उप प्रमुख इमानसिह लामाले एक लाख साठ्ठि हजार रुपैया तथा विदेश तथा स्वदेशमा रहेका नेपालीहरुको सहयोगमा घर निर्माण भएको हो । टिम नयावस्तीका समुहले भने करिब एक महिना श्रमदान गरेको अध्यक्ष खनालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...