राष्ट्रिय सम्मानसहित आङरिता शेर्पाको अन्त्येष्टि



हाम्रो इकोनोमि

 

विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो ।

उनको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरे ।

शव यात्रासहित शेर्पाको शव टेकु दोभानसम्म पु¥याइएको थियो । शवयात्रामा लामा धर्मगुरुहरु, आरोहीहरु, आफन्तजनलगायतको सहभागीता थियो । सगरमाथा आरोहणमा विश्व रेकर्ड बनाएका शेर्पा ‘हिउँ चितुवा’ उपनामले पनि चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...