वामदेव गौतमविरुद्ध दायर रिट निवेदनको सुनुवाइ आज



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रिय सभा सदस्यता खारेजीको मागसहित सर्वाेच्च अदालतमा दायर रिट निवेदनउपर आज सुनुवाइ हुँदैछ ।

त्यस रिट निवेदनको सुनुवाइका लागि न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासमा पेशी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेका त्यो रिट निवेदन इजलासको दोस्रो नम्बरमै परेको छ । पहिलो नम्बरमा पनि राष्ट्रपतिको कार्यालयविरुद्ध अधिवक्ता बद्रीराज भट्टले दिएका निवेदनको सुनवाइको पेशी तोकिएको छ । केही बेरमै इजलास सञ्चालन हुने र त्यस रिटको सुनुवाइ हुने सर्वाेच्च अदालतले जनाएको छ ।

गत साता मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् । विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनीत गर्ने कोटामा गौतम सिफारिश भएका हुन् । त्यो स्थान डा.युवराज खतिवडाको कार्यकाल समाप्तिपछि रिक्त भएको थियो । गौतम प्रतिनिधिसभा सदस्य निर्वाचनमा वर्दियाबाट पराजित भएका थिए ।

प्रतिनिधिसभा सदस्यमा पराजित व्यक्तिलाई राष्ट्रिय सभामा मनोनीत गर्न थालिएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले मनोनीत निर्णय खारेज गर्न माग गरेका छन् । प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई मनोनीत गर्ने थलोको रुपमा राष्ट्रिय सभा परिणत भएको र नेपाली जनताको मतको अपमान भएको भन्दै रिट निवेदनमा प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई राष्ट्रिय सभामा मनोनीत नगर्न नगराउन परमादेशको माग गरिएको छ ।

यस्तै राष्ट्रपतिबाट शपथ ग्रहण गरे पनि राष्ट्रिय सभाको सदस्यको हैसियतमा गौतमलाई कामकारबाही गर्नबाट रोक्न अन्तरिम आदेशको माग गर्दै त्रिपाठीले त्यस विषयमा सरकारलाई निर्देशनसहितको आदेश जारी गर्न माग गरेका छन् ।

यसअघि नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनी पनि गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित भएका थिए । पराजित श्रेष्ठलाई नेकपाले प्रदेश ४ बाट राष्ट्रिय सभामा उम्मेदवार बनाएर निर्वाचित गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...