नेकपा सचिवालय बैठक बालुवाटारमा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफल हुने बताइएको छ।

त्यस्तै, पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनसक्ने एक सचिवालय सदस्यले जानकारी दिएका छन्। यसअघि आइतबार पेरिस डाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे छलफल भएको थियो।

जारी बैठकमा संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने, पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीको रिक्त रहेको सदस्यहरूको पदपूर्ति र कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटी सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्नेलगायतका एजेन्डामा छलफल हुने भएको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२ः ३० बजे बस्ने गरी स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...