एक महिनाभित्र क्लिन फिड लागु गर्न सरकार र व्यवसायी तयार



हाम्रो इकोनोमि

 

 

सरकारले कात्तिक ८ गतेबाट क्लिन फिड लागु गर्नेगरि आवश्यक प्रक्रिया अघि बढाएको छ । संसदबाट क्लिन फिड ऐन पारित भएपनि सरकारले समयमै तयारी अघि नबढाएको भनी सरोकारवालाले अशन्तुष्टि जनाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सक्रियता देखाएको हो । सन्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले क्लिन फिडबारे चासो व्यक्त गरेपछि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेको छ । मन्त्रालयमा भएको छलफलमा क्लिन फिड लागु गर्ने बारेमा प्राविधिक र अन्य तयारीका विषयमा दुवै पक्ष सहमत भएको सन्चार सचिव हरि बस्यालले बताए । सचिव बस्यालले निर्धारित मितिमा क्लिन फिड पूर्ण रुपमा लागु गर्न सरकार तयार रहेको बताए ।

उनले भने, मन्त्रालयमा भएको छलफल सकारात्मक छ । सरकार क्लिन फिड सम्बन्धी ऐन कार्यन्वयन गर्न र विज्ञापन बोर्ड गठन गर्न तयार छ । सरोकारवालाहरुले पनि क्लिन फिड लगाउन सकिन्छ भन्नुभएको छ । सचिव बस्यालका अनुसार सरकारले ऐन कार्यन्वयनका लागि नियमावली समेत बनाइरहेको छ । यसबीचमा विज्ञापन बोर्ड पनि गठन हुने तर बोर्ड गठन नभए पनि क्लिन फिड लागु गर्न समस्या नरहेको बताए । मन्त्रालयमा भएको छलफलमा विदेशी च्यानल वितरक तथा सेवादायकहरुले कात्तिक ८ देखि क्लिन फिड लागु हुनुपर्नेमा सरकारलेनै समयमा तयारी नगरेको विषयमा ध्यानाकर्षण गराएको मेगा म्याक्स टिभी प्रालिका उपाध्यक्ष धु्रव शर्माले बताए ।

क्लिनफिड पूर्ण रुपमा लागु गराउन विदेशी तथा नेपाली अवैध ओडिटी एप्सहरु बन्द गराइनुपर्ने माग समेत छलफलमा सरोकारवालाले राखेको शर्माले जानकारी दिए । यतिबेलासम्म क्लिन फिड लागु गर्नका लागि आवश्यक उपकरणहरु ल्याइसक्नुपर्नेमा सरकारले अनुमति नदिदा ढिला भएको डिजिटल सिस्टम अफ नेपालका निर्देशक शिव निरौलाले बताए । डिभाइस उपकरण जति चाँडो ल्याउन सकियो त्यतिनै क्लिन फिड निर्धारित समयमा लागु गन सकिने उनले बताए । क्लिन फिड लगाइने डिभाइस चाँडो आएको खण्डमा सरकारले पूवृ तयारी तथा अनुगमन गर्न समय पाउने र व्यवसायीले पनि समयमै काम सम्पन्न गर्न सक्ने निरौलाले बताए । सचिव बस्यालले भने चार पाँच दिनभित्रै च्यानल वितरकहरुले क्लिन फिड लागु गर्न लिखित प्रतिबद्धता जनाउने सहमति भएको र उपकरण आयातका लागि मन्त्रालयले विभागमार्फत अनुमति दिने प्रष्ट पारे ।

उपकरणका कारण क्लिन फिड लागु गर्न नसक्ने अवस्था आउन नदिइने सचिव बस्यालले बताए । क्लिन फिड सम्बन्धी विज्ञापन ऐन संसदको गत हिउँदे अधिवेशनबाट पारित भएको थियो । सो ऐन कार्यन्वयन कात्तिक ८ गतेबाट हुनुपर्नेछ । ऐन पारित हुने बेला विदेशी च्यानल वितरकहरुले विरोध गरेपनि अहिले उनीहरुनै ऐन कार्यन्वयनका लागि अग्रसर भएका छन् । क्लिन फिडमा जानका लागि सहमति जनाउँँदै विदेशी सशुल्क च्यानलहरुले पनि सूचना तथा प्रसारण विभागमा पत्र पठाइसकेका छन् । साउनदेखि नविकरण गर्दा सरकारले तोकेको मितिमा क्लिन फिड लागु गर्ने प्रतिबिद्धता सहित उनीहरुले डाउनलिंक अनुमतिपत्र समेत लिइसकेका छन् । क्लिन फिड लागु भएपछि विदेशी च्यानलको प्रसारणमा विदेशी विज्ञापन हुने छैन । विदेशी कलाकारको आवाजका विज्ञापन समेत अब प्रसारण गर्न पाइदैन ।

प्रतिक्रिया दिनुहोस
ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...