नेकपा सचिवालय बैठक पेरिसडाँडामा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक केहीबेरअघिबाट पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा सुरु भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् ।

यसअघि २ असोजमा बस्ने गरी बोलाइएको नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ ।

गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने नेकपा नेताहरुले बताएका छन् । साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पारेको पारेको थियो । साथै पार्टी र सरकारको कामलाई संस्थागत ढंगले अघि बढाउन समन्वय गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय कार्यान्वयनका लागि उपयुक्त मापदण्ड बनाउने, मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा आजको बैठकमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...