संविधान संशोधनको लागी तयार हुन प्रधानमन्त्री ओलीको निर्देशन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा अपर्याप्त देखिए संशोधनका लागि खुला दिमाग र विना भड्काउ तयार हुनुपर्ने बताएका छन् ।

संविधान दिवसको पूर्वसन्ध्यामा संविधानविद विपिन अधिकारी, कनकमणि दीक्षितलगायतले तयार पारेको ‘नेपालको संविधानको व्याख्यात्मक पुस्तक’ को विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘स्थिरताको नाममा, स्थायित्वको नाममा संविधान अपरिवर्तनशील विषय होइन । व्यवहारगत रुपमा, समाजवादलाई अगाडि बढाउने सन्दर्भमा प्रणालीगत हिसाबले होस्, संरचनात्मक हिसाबले होस्, कानुनी अप्ठ्याराका हिसाबले होस्, कुनै ठाउँमा देश र जनताको आवश्यकता औचित्यतताका आधारमा संशोधन परिमार्जन गर्नुपर्ने हुन पनि सक्दछ । त्यसका लागि हामी सबै खुला दिमाग राखेर बिना भड्काउ तयार रहनुपर्छ’ प्रधानमन्त्री ओलीले भने ।

परिवर्तनको उपलब्धीलाई अगाडि बढाउन, न्याय समानता वा विकासलाई यथोचित ढङ्गले परिमार्जित गर्न संविधान संशोधन हुन सक्ने उनले बताए । ‘त्यस्तो पर्‍यो भने संविधान असंशोधनीय दस्तावेज होइन । संशोधनीय चिज हो’ उनले भने ।

नेपालको संविधानले कोही जन्मँदै शासक हुने, कोही रैती हुने जस्तो व्यवस्थाको अन्त्य गरेको भन्दै सरकार प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवादमा जाने आधार तयार गर्नमा लागि परेको प्रधानमन्त्री ओलीले बताए ।

संविधान कार्यान्वयनका लागि संरचना र कानुन बनाउन ३ वर्ष लागेको भन्दै ओलीले बल्ल सरकार संविधानलाई व्यवहारिक रुपमा कार्यान्वयनको चरणमा आइपुगेको धारणा राखे ।

व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका आ–आफ्नो ठाउँमा स्वतन्त्र र चेक एण्ड ब्यालेन्समा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधानले यस विषयमा उन्नत प्रबन्ध गरेको जिकिर गरे ।

‘भोजन भन्दा सुरक्षा महत्वपूर्ण’

प्रधानमन्त्री ओलीले मानिसका लागि भोजन भन्दा सुरक्षा महत्वपूर्ण हुने जिकिर गरेका छन् ।

‘जनताको सुरक्षा पहिलो प्रश्न हो । हामी हावा, पानी, भोजनका कुरा गर्छौं । त्यो भन्दा पहिलो हुँदो रहेछ सुरक्षाको प्रश्न’ ‘ उनले भने ।

आफ्नो भनाइ पुष्टि गर्न प्रधानमन्त्री ओलीले एउटा उदाहरण सुनाए । ‘कुनै चरालाई तपाईंले खाने कुरा दिनुभयो भने, भोक लागेको छ उसलाई, उसलाई खान मन छ तर, आउँछ, हेर्छ, विचार गर्छ, सुरक्षित महसुस गर्‍यो भने खाना खान्छ । सुरक्षित महसुस गरेन भने भाग्छ ।’

उनले अघि थपे ‘बाँच्यो भने त भरे खान पाउला, कतै खाला । अहिले नै यहिँ ट्र्यापमा परेर, अहिले नै जिन्दगी सकियो भने त खाने कुरै भएन ।’

नेपालको संविधानले नागरिकको सुरक्षाको मर्मलाई पनि संबोधन गरेको प्रधानमन्त्री ओलीले बताए । नागरिकको सुरक्षित हुन पाउने र विकासमा समान अवसर प्राप्त गर्ने विषयलाई संविधानले सुरक्षित गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...