आजदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालन



हाम्रो इकोनोमि

 

सरकारले ६ महिनाअघि विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन आजदेखि गुड्न थालेका छन् ।

२९ भदौको मन्त्रिपरिषद् बैठकले १ असोजदेखि सार्वजनिक यातायात (लामो दुरीसहित) सञ्चालन गर्ने निर्णय गरेको थियो। सरकारको सोही निर्णयपछि यातायात व्यवसायी र यातायात मजदुरले ५ महीना १९ दिनपछि सार्वजनिक सवारीसाधन सञ्‍चालन गरेका छन्। सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति समेत दिइसकेको छ ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि ११ चैतदेखि अत्यावश्यकबाहेक सबै पेसा/व्यवसाय बन्द हुँदा सार्वजनिक यातायात पनि बन्द गरिएको थियो।

कसरी गर्ने सुरक्षित यात्रा ?

-सकेसम्म स्यानिटाइजर साथमा राख्ने।

-मास्क अनिवार्य लाउने।

-भाडा फिर्ता लिन नपर्ने गरी खुद्रा पैसा राख्ने।

-सामाजिक दूरी कायम गर्ने।

-अनावश्यक भीडभाड नगर्ने।

-एक लहरको सिटमा एक जनामात्रै वस्न पर्ने व्यवस्था अनुसार एउटा सिटमा एक जनामात्रै बस्ने।

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...