नेकपामा गुटबन्दी गर्नेलाई कारबाही, सामाजिक सञ्जालमा जथाभावि लेख्न नपाइने



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीभित्र आरोप प्रत्यारोप र गुटबन्दी नगर्न सर्कुलर जारी गरेको छ। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र भिीन्न नियमसहित सर्कुलर जारी गरेका हुन्।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो विवादतर्फ नफर्किने प्रतिवद्धता पनि जनाएका छन्। स्थायी कमिटी बैठकका निर्णयलाई अन्तर पार्टी निर्देशन अपानि जारी गर्दै अध्यक्षद्वयले विगतमा जस्तो अन्तरविरोधपूर्ण विवाद नहुनेसमेत वाचा गरेका छन्।

पार्टीको अन्तराष्ट्रिय सम्बन्धलाई पार्टी नीति तथा विधि अनुरूप संस्थागत एवम् पारदर्शी रूपमा सञ्चालन गर्ने र कूटनीतिक मान्यतासँग अमिल्दा कार्यहरु नगर्ने’ सर्कुलर मा भनिएको छ, ‘पार्टीको प्रचार संयन्त्रलाई चुस्त–दुरुस्त र प्रभावकारी बनाउने, सञ्चारमाध्यमहरूमा पार्टी हित विपरितका अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रकृतिलाई नियन्त्रण गर्ने र त्यस्ता पात्रलाई जवाफदेही बनाउने।’

पार्टीभित्रको तीव्र विवाद साम्य भएपछि अध्यक्षद्वयले पार्टीलाई व्यवस्थित र अनुशासित रुपमा सञ्चालन गर्न पार्टीको तल्लो तहसम्म सर्कुलर जारी गराएका हुन्। अनधिकृत रुपमा तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृत्तिको अन्य समेत गर्ने निर्देशन अध्यक्षद्वयले निर्देशन दिएका छन्‌।

सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप-प्रत्यारोप बन्द गर्ने र आफ्नो असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्न पनि अपानिमा भनिएको छ। गुटबन्दीपूर्ण क्रियाकलाप नगर्ने, गुटगत गतिविधिलाई संरक्षण, प्रश्रय र प्रोत्साहन नदिनसमेत दुई अध्यक्षले निर्देशन दिएका छन्। नेकपाले अराजकता,अनुशासनहीनता र गुटबन्दीपूर्ण कार्य गर्नेलाई विधानअनुसार अनुशासनको कारबाहीसमेत गर्ने जनाएको छ।

सर्कुलरमा सबै तहका पार्टी कमिटीमा ३३ प्रतिशत महिला सहभागितालगायत राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्था महाधिवेशन र अधिवेशनमा लागु गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...