प्रचण्डको सिफारिसमा जोशी प्रमुख आयुक्त बन्दै



हाम्रो इकोनोमि

 

अख्तियार प्रमुखमा अहिले कार्यरत रहेका दुईमध्ये एकजना प्रमुख आयुक्त नियुक्त हुदैछन् । मन्त्रिपरिषद बैठकले दुई जनामध्ये एक जनालाई प्रमुख आयुक्तमा सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा जोशीलाई नियुक्त गर्ने तयारी बालुवाटार र शीतलनिवासको छ । प्रधानमन्त्री पद जोगाउन निर्णायक भूमिकामा रहेर सहमति गरेका प्रचण्डलाई संवैधानिक आयोगको नियुक्तमा विशेष स्थान दिने ओलीको वचन रहेको चर्चा छ ।

सोही अनुसार पनि यसपटक अख्तियारको प्रमुख आयुक्तमा प्रचण्डकै सिफारिस अनुसार जोशीलाई नियुक्त गर्ने तयारी बढेको हो । तर जोशी उमेर हदका कारण आगामी चैतसम्म मात्रै अख्तियारकाे प्रमुख आयुक्तमा बहाल रहन पाउनेछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे आज बिदा हुदैछन् । अनिवार्य अवकाशका कारण घिमिरे प्रमुख आयुक्तका रूपमा झण्डै दुई बर्षको कार्यकाल बिताएर बिदा हुन लागेका हुन् । उनको बिदाईमा आज अख्तियार कार्यालय टंगालमा विशेष सभाको आयोजना गरिएको छ ।

आफ्नो कार्यकालमा घिमिरे बढी विवादमा परे । उनले घुस खाने कसैलाई पनि नछाडेको दावी गरे । तर ठूला भ्रष्टाचार काण्डमा मुछिएका कसैलाई पनि अनुसन्धानमा तानेनन् । ०७५ असोज ४ मा गते अख्तियार प्रमुखमा नियुक्त भएका उनी २३ महिने कार्यकाल पूरा गरेर आइतबार बिदा हुन लागेका हुन् ।

उनको कार्यकालमा बालुवाटार जग्गा काण्ड, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको ओम्नी काण्ड, तत्कालिन सञ्चारमन्त्री गोकूल बाँस्कोटालाई राजीनामा दिन बाध्य पार्ने सेक्युरिटी प्रेस खरिद प्रकरण लगायतका थुप्रै फाइलमाथि अख्तियारले दृष्टि राखेन । बरु सत्ताकै चाकरी गर्न ठूला भ्रष्टाचारकाण्डका फाइल तामेलीमा राखेर थप आलोचित भयो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...