वामदेव गौतमलाई राष्टिय सभाका लागि सिफारिस



हाम्रो इकोनोमि

 

आज बस्ने मन्त्रीपरिषदको बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्टिय सभाका लागि सिफारिस गर्ने भएको छ । नेकपा सचिवालय बैठकले गौतमलाई राष्टिय सभा सदस्य बनाउने निर्णय गरेको थियो । सचिवालयले निर्णय गरेपनि गौतमको नाम मन्त्रीपरिषदबाट सिफारिस भएको थिएन । प्रधानमन्त्री ओलीले अनिच्छा देखाउँदा उनको नाम सिफारिस हुन नसकेको नेकपा नेताहरुले बताएका छन् ।

यस्तै सरकारले आज नेपाल बिद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिडलाई अर्काे कार्यकालका लागि नियुक्ति गर्दैछ । कुलमानको पहिलो सफल कार्यकाल आज आइतवार सकिदैछ ।

कार्यकाल सकिएकै दिन कुलमानलाई अर्काे कार्यकालका लागि नियुक्ति गर्न सत्तारुढ दल नेकपाभित्र सहमति भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई नियुक्त गर्ने प्रस्ताव ल्याउन उर्जामन्त्री बर्षमान पुनलाई आग्रह गरिसकेका छन् ।

नेपाललाई लगभग लोडसेडिड मुक्त गराएका कुलमान कामभन्दा बढी चर्चामा रहने गरेका छन् । कामसँगै मिडियामा पनि राम्रो प्रभाव जमाएका कुलमान केही मिडिया हाउसले उनका पक्षमा सधै लविड पनि गरिरहेका छन् । चौतर्फी दवावपछि सरकार कुलमानलाई नै दोहरयाउने मनसायमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...