बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो, २४ जना अझै बेपत्ता



 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा बेपत्तामध्ये सात जनाको शव फेला परेको छ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार आइतबार बिहान पहिरो जाँदा बेपत्तामध्ये सात जनाको शव फेला परेको हो। पहिरोमा अझै २४ जना हराइरहेको शेर्पाले बताए। प्रहरीले भेटिएका शवहरूको पहिचान गरिरहेको छ। बेपत्ता भएकाहरूको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ।

उनका अनुसार नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो। नाकचुच्चेबाट बर्खर्कसम्म ठाउँ-ठाउँमा पहिरो गएको छ। माथि भीर र तल खेत भएको ठाउँमा पहिरो गएको उनले बताए। यसअघि पनि पहिरो जाँदा सम्भावित ठाउँहरू आँकलन गरी सुरक्षित गरिएको थियो। उनका अनुसार पहिरोमा १६ घर क्षतिग्रस्त छन्। घाइते तीन जनालाई एम्बुलेन्समा राखेर उपचारका लागि काठमाडौं पठाइएको छ।

यसैबीच सभामुख अग्नि सापकोटा पहिरो गएको ठाउँमा पुगेका छन्। पहिरोको खबर आएपछि सभामुख सापकोटा आइतबार बिहान काठमाडौंबाट गएका हुन्। यो उनको निर्वाचन क्षेत्र हो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्