कित्ताकाट खुलेपछि भूमाफिया र भ्रष्टहरुको कन्तबिजोग



 

एघारजना जग्गा दलालको प्रलोभनमा तत्कालिन सरकार भूमी ब्यबस्था मन्त्री गोपाल दहितले २०७४ साउन २६ गते देखि जग्गा कित्ताकाट लगाउदै आएको रोक बर्तमान भूमी ब्यबस्था, सहकारी तथा गरिबी निबारण मन्त्री पद्माकुमारी अर्यालले खूला गरेपछि केही भूमाफियाको चलखेल अन्त्य हुन पुगेको छ भने भ्रष्ट्र कर्मचारीको अतिरिक्त लाभ, आयआर्जन र बार्गेनिङको ढोका बन्द भएको छ ।

यसबाट तिलामिलाएका त्यस्ता तत्वहरु बिभिन्न तत्वहरु संग मिलेर अहिले उल्टै मन्त्री अर्यालको बदनाम गर्ने र बिबादमा पार्ने अभियानमा जुटेको छ । कित्ताकाट रोक्का हुँदा सर्बसाधारणले दु ःख र सास्ती ब्यहोर्नु परेको थियो भने केही भूमाफिया र कर्मचारी मालामाल बन्दै आएका थिए । ऐन नियम अनुसार सबैपक्षको सुबिधालाई ध्यानमा दिई मन्त्री अर्यालले लामोसमयदेखि माग हुँदै आएको कित्ताकाट खुला गरेपछि स्थानीय तह र सर्बसाधारणले ‘क्या बात मन्त्री’ भन्दै प्रशंशा गरेका छन् । पारिवारिक अंशवण्डा गर्न पनि असहज परेको अवस्था , सर्वसाधारणले जग्गाको कित्ताकाट रोकिदा पाइरहेको सास्ती र केही जग्गा माफियाले मात्र भित्रभित्रै काम गरिरहेको र कर्मचारीले अतिरिक्त लाभ उठाईरहेका सन्दर्भमा यी सवैकुरालाई ध्यानमा दिएर सर्वसाधारणको पीरमर्का र व्यवहारिक कठिनाई फुकाउदै जग्गाको कित्ताकाट शर्तसहित फुकुवा गर्दा केही भूमाफिया र भ्रष्ट्रकर्मचारीको मिलिमगतमा अहिले मन्त्री अर्याललाई वद्नाम गर्ने, योजनावद्ध र नियोजित षडयन्त्र भैरहेको छ ।

त्यसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ताकेता , संसदीय समितिको निर्देशन र प्रधानमन्त्री केपीशर्मा ओलीको अनुमतिमा मन्त्री अर्यालले कित्ताकाट फुकुवा गरेको विषयलाई अतिरञ्जित र षडयन्त्रमुलक ढंगले उछालिएको छ । यसका पछाडी खेल अर्कै छ । मन्त्री अर्याललाई असफल पार्न र वद्नाम गर्न एउटा समूह हात धोएर लागेकै छ । नेकपाभित्र मन्त्री अर्याल महिला नेतृका रुपमा पहिचान बनाएको कसैकसैलाई पच्न सकेको छैन भने प्रधानमन्त्री ओलीलाई कमजोर बनाउन सकिन्छ कि भनेर मन्त्री अर्यालमाथि प्रहार गरिएको सहजै अनुमान गर्न सकिन्छ ।

तर यो अनन्त ः चियाको कपमा तुफान ल्याउने दुष्प्रयास हुने छ । तीन वर्ष अघि तत्कालिन सरकारले गरेको दुराशययुक्त र त्रुटीपुर्ण ढंगले कित्ताकाट रोक्ने निर्णय सच्चाउने साहस गरेकी छन् – जनपक्षीय कदम उठाएकी छन्–मन्त्री अर्यालले । त्यसवेला भूमाफियाको डिजाईनमा ११ वटा दलाल कम्पनीलाई खुला गरि दिएर सर्वसाधारणले दु ःख पाउने गरी कित्ताकाट रोकिएको थियो । अहिले मन्त्री अर्याल आएपछि भू–उपयोग सम्बन्धि कानुन वनाई त्यस अनुरुप कित्ताकाट खुला गरिएको हो । २०७४ साल साउन २६ गते देखि तत्कालिन भूमी व्ययस्था मन्त्री गोपाल दहितले कित्ताकाटमा रोक लगाएका थिए । अव कित्ताकाट खुला भएपछि भू–उपयोग सम्बधि डाटावेसका आधारमा स्थानीय सरकारहरुले जग्गाको वर्गिकरण गर्ने र खेतियोग्य वाहेक अन्य जग्गाको खण्डिकरण गर्ने व्यवस्था छ ।

त्यस्तै ऐन अनुसार स्थानीय सरकारले जग्गा खण्डिकरणका लागि रेखदेख गर्नुपर्ने छ । यस्तो अवस्थामा मन्त्री अर्यालमाथि अनेक लाञ्छाना लगाउन खोज्नु कुनियत वाहेक केहि हुन सक्दैन । कोरोनाको कहर देखाएर अहिले भुमाफियाहरु फेरी कित्ताकाट रोकेर व्रम्हलुट गर्न सकिन्छ कि भनेर त्यो ध्याउन्नमा लागेका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहँदा स्वास्थ्य क्षेत्रको सुधारमा हात हाल्दै सुधारको थालनी गरेकी अर्यालले स्वास्थ्य विभागको महानिर्देशक लगायत अंचल अस्पतालका प्रमुख र महाशाखा प्रमुखहरुको निर्विवाद ढंगले सरुवा गरेर सुशासनको सन्देश प्रवाह गरेकी थिईन् । विभागीय , केन्द्र, महाशाखा र अंचल अस्पतालको प्रमुखमा सरुवा गर्दा हुने व्यापक आर्थिक चलखेल हुँदै आएकोमा मन्त्री अर्यालले त्यसलाई व्रेक गरेर सक्षम र योग्यलाई कुनै मोलहिजाविना जिम्मेवारी सुम्पेको कुरालाई अहिले पनि स्वास्थ्य मन्त्रालयमा तारिफ र चर्चाका रुपमा कर्मचारीहरुले लिने गर्छन् ।

स्वास्थ्यमा छोटो समय बसेपनि सुधारको थालनी गरेर सन्देश प्रवाह गरेकी मन्त्री अर्यालले भूमी व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुनै पनि लोभलालच र ब्यक्तिगत स्वार्थमा नलागि सुधारमा जुटिरहेकि छन् । भूमी जस्तो गन्हाएको ठाउँमा फोहोर पन्छाउदै सुधारको थालनी गरिन । सरुवामा कुनै लोभ प्रलोभनमा नपरी आर्थिक अनुशासन र सुशासन कायम गर्न दत्तचित्त भएका अनेकौ उदाहरण छन् । उनकै नेतृत्वमा भूमी सम्बन्धि थुप्रै जनमुखी कार्यहरु भएका छन् । जुन कतिपय दीर्घकालीन महत्व राख्ने खालका विषय छन् ।

मन्त्री अर्यालकै नेतृत्वमा विगतमा छुटाएको नेपालको भु–भाग समेटेर नेपालको अद्यावधिक राजनीतिक र प्रशाशनिक नक्सा सार्वजनिक, आफ्नै साधनश्रोत र जनशक्तिवाट सगरमाथाको उचाई मापन, अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता लगायतका महत्वपूर्ण कार्यहरु सम्पादन भएका छन् । यसले मन्त्री अर्यालको कार्यक्षमता र साहसको प्रशंशा त बटुलेको छ नै साथसाथै सरकार, नेपाल र नेपालीको शिर उचो बनाउने कार्य भएको छ । त्यसैगरी मन्त्री अर्यालले भूमी वैंकको स्थापना, सुकुम्वासी जग्गाको मालिक वनाउने र सुकुम्वासीको समस्या सदाका लागि अन्त्य गर्ने अभियानको सुरुवात, नापी र मालपोत कार्यालयलाई अनलाईन पद्धतिमा लैजाने कार्यको शुरुवात , सरल र सुलभ सेवाप्रवाहको थालनी, मालपोत सेवालाई स्थानीय तहमा स्थान्तरण गर्ने कार्यको शुरुवात जस्ता जनमुखी कार्य गरेकी छन् । त्यतिमात्र होईन गत आर्थिक वर्षमा मन्त्रालयवाट हुने कार्यसम्पादनमा मन्त्रालयले ७३.२० प्रतिशतको वित्तिय र ८०.११ प्रतिशतको भौतिक प्रगति गरेवापत पनि मन्त्री अर्यालको कार्य सम्पादन र कार्यक्षमतामा अब्बलता देखिन्छ ।

मन्त्रालयमा गरेका जनपक्षीय कामको प्रचार नहुदा मन्त्री अर्याललाई बदनाम गर्न उद्धत तत्व सलबलाई रहेको छ ।मन्त्री अर्यालको निष्ठापुर्ण कार्य, दृढतापूर्वक अडान निष्कलंक छ , बिबाद रहित कार्य सम्पादनका कारण कसैले पनि औला ठड्याउने ठाँउ छैन । तर बर्तमान सरकारमा राम्रो कार्य गदै अघि बढेकी मन्त्री अर्याल माथि पार्टी भित्रै र बहिरबाट पनि प्रहार हुदै आएको छ । पार्टी भित्रबाट अब यो भबिष्यमा ठुला नेता बन्ने भई भन्ने कुण्ठाग्रस्त मानसिकताका कारण खुट्टा तान्ने प्रबृति छदैछ , त्यससंगै मन्त्री अर्याललाई बदनाम गराउन सके यसको असर सिंगो सरकार र प्रधानमन्त्री ओली माथि पर्न जानेछ भन्ने मनसुवा राखेका वाह्य तत्व पनि नियोजित रुपमा लागिरहेका छन् । तर यी सबै कुरालाई वास्ता नगरी मन्त्री अर्यालले भने ‘कुकुर भुक्दै गर्छ , हात्ति लम्कदै गर्छ’ भनेजस्तै कार्यक्षेत्रमा डटेर अघि बढिरहेकी छन् । भनिन्छ नी– ‘हौसला टूट्दैन, जीबन रोकिदैन, अघि बढौ ।’ हो त्यसरी मन्त्री अर्याल आफ्नो कर्मपथ र कर्तब्यपथमा अघि लम्किरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्