घरबेटीसँग गोरु बेचेको साइनो पनि छैन : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शैलुङ इन्टरप्राइजेजका प्रमुखसमेत रहेका आफ्नो घरबेटी शारदाप्रसाद अधिकारीसँग गोरु बेचेको साइनो पनि नरहेको बताएका छन्। जनता टेलिभिजनसँग कुराकानी गर्दै नेता प्रचण्डले यस्तो बताएका हुन्।

‘पटकपटक यो मेरो घरबेटी भन्ने कुरा आएको छ। अब यो घरबेटीले कहाँ ठेक्का लिन्छन् ? के गर्छन् ? मलाई केही थाहा पनि छैन’, उनले भने, ‘यी ठेक्का भनेका त म यो घरमा आउनुभन्दा धेरै पहिलेका ठेक्का हुन् ती। मसँग कुनै गोरु बेचेको साइनो पनि छैन।’

मल प्रकरणमा पनि आफ्नो चासो रहेको उनले बताए। यसका साथै दोषी देखिए कारबाही गर्न पनि उनले आग्रह गरे। ‘यो मल प्रकरण के भएको हो भनेर हिजो मात्रै पनि मैले कृषिमन्त्रीसँग पनि कुरा गरेँ। कसैले बदमासी गरेको छ भने कारबाही गर्दा हुन्छ। मेरो त्यसमा कुनै आपत्ति छैन।’

बाटाहरूका ठेक्का शैलुङले लिएको तर त्यसमा काम नगरे आफूलाई जोड्ने गरिएको भन्दै उनले दुखेसो व्यक्त गरे। यसका साथै आफू उनको घरमा डेरा बस्न जानुभन्दा अघिदेखि नै लिएको तर आफूलाई जबर्जस्ती जोड्ने गरिएको उनले बताए।

शैलुङ कन्सट्रक्सन र शैलुङ इन्टरप्राइजेजका प्रमुखसमेत रहेका अधिकारी र उनले लिने ठेक्कापट्टामा आफ्नो कुनै संलग्नता नरहेको दाबी अध्यक्ष दाहालले गरे।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...