२६ गते स्थायी कमिटी बैठक बोलाउने सहमती



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच आज विहान छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० बजे बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार २६ गते शुक्रबार स्थायी कमिटी बैठक बोलाउने दुई अध्यक्षबीच छलफल भएको जानकारी दिए ।

कार्यदलले गत ६ गते प्रतिवेदन बुझाए पछि त्यसमा छलफल हुन बाँकी छ । सचिवालय बैठकमा छलफल भएपनि स्थायी कमिटीमा छलफल गरेर प्रतिवेदन परिमार्जनको माग पार्टी नेताहरुले गरेका छन् । गत विहहीबार १८ गते बसेको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले कार्यदलले बुझाएको प्रतिवेदनमा परिमार्जनको माग गरेका थिए । स्थायी कमिटी बैठकमा छलफल भएपछि त्यसमा परिमार्जनसहित पारित हुनसक्ने नेताहरुको भनाई छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीचको बैठक विहान ११ बजेसम्म चलेको थियो । यसअघि साउन १३ गते बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएपछि बैठक बस्न सकेको थिएन । दुई अध्यक्षबीच कार्यदलले बुझाएको प्रतिवेदन र त्यसको कार्यान्वयनमा केन्द्रित भएर छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...