महँगो भाडा र सीमित उडानले खाडीका नेपाली श्रमिक हैरान



 

संयुक्त अरब इमिरेट्स (युएइ) बाट काठमाडौँका लागि तोकिएको नियमित उडानको भाडादरमा टिकट नपाएको भन्दै युएइबाट स्वदेश फर्कन लागेका नेपालीहरूले गुनासो गरेका छन् ।

सरकारले चार्टर्ड उडानको भाडादर एक हजार ४५० दिराम तोकेको छ । यो दरमा अहिले नियमित उडानमा टिकट नपाएको उनीहरूले बताएका छन् । महँगो शुल्क तिर्दा जति पनि टिकट पाइने गरेको त्यहाँबाट नाम नबताउने शर्तमा एक नेपालीले बताए ।

उनका अनुसार ट्राभल एजेन्सीमा बुझ्दा दुई हजार २०० देखि तीन हजार ५०० दिरामसम्म टिकटको मूल्य रहेको एजेन्सीहरूले बताउने गरेका छन् । त्यो पनि ट्राभल एजेन्सीमा पाइँदैन । युएइमा नेपालीका होटल, किराना पसल तथा कार्गो अफिसमा जति पनि टिकेट पाउने गरेको त्यहाँबाट स्वदेश फर्कन टिकटको खोजीमा भौँतारिएका नेपालीहरू बताउँछन् ।

नेपाल सरकारले नियमित उडान खुलेको भनेर जनताको आँखामा छारोमात्रै हालेको र भ्रममा पारेको उनीहरूको आरोप छ ।

एक नेपालीले प्रश्न गरे, ‘नियमित उडान सञ्चालन भएको हो भने दैनिक ८०० जना नबढ्ने गरीमात्र आउनु पर्ने शर्त किन ?’

उनका अनुसार नियमित उडान भएका मुलुकहरूबाट कोभिड—१९ परीक्षण नेगेटिभ भएको यात्रु सिधै घर जान मिल्ने भएपछि क्वारेन्टाइनको अभाव देखाएर ८०० जनामात्र फर्किन रोक लगाउनुको कुनै अर्थ छैन ।

सरकारले कमिसनको खेलमा थोरै उडानलाई मात्रै अनुमति दिई यात्रु संख्या तोकेर जनतालाई थप समस्यामा पारेको प्रवासी नेपालीहरूको आरोप छ ।

युएइको दुबईस्थित भोल्ट्रासन, ट्रान्सगार्ड, इमिरेट्स लगायत विभिन्न ठूला कम्पनीहरूले आफ्नै खर्चमा सबैको कोरोना परीक्षण गरी नेपाल पठाउन तयार भए पनि ट्राभल एसेन्सीहरूबाट टिकट लिँदा अत्यन्तै महँगो पर्ने र टिकट पनि नपाउने अवस्था छ ।

महँगै भए पनि र कम्पनीले चार्टर गरेर पठाउन तयारी गरे पनि ८०० जनामात्र प्रवेश गर्न दिने नेपाल सरकारको नियमले नेपाली श्रमिकहरू अलपत्र पर्न थालेको एनआरएनए युएइले जनाएको छ ।

युएइमा भिसाको म्याद सकिएका र भिसा रद्द भएकाहरूलाई जरिवाना लाग्न सुरु भइसकेकाले थप समस्या हुने श्रमिकहरूको भनाइ छ । यसघि पनि जरिवाना तिर्न नसकेर १७ जना नेपाली स्वदेश फर्कन सकेका थिएन ।

युएइस्थित नेपाली दूतावासका अनुसार हालसम्म नेपाल फर्कन चाहने नेपालीको संख्या ४५ हजार भन्दा बढी छ । हालसम्म करिब १७ हजार नेपाली नेपाल फर्किसकेका छन् ।

यस्तै, साउदी अरबको रियादबाट स्वदेश फर्किन नेपाल एयरलाइन्सको चार्टर फ्लाइट कम हुँदा त्यहाँका नेपालीहरूले सहजरूपमा टिकट नपाएको गुनासो गरेका छन् ।

साउदी अरबस्थित नेपाली दूतावास, रियादमा नाम रजिस्टर गरी स्वदेश फर्कन प्रतीक्षारत नेपालीहरू धेरै भएको हुनाले टिकट लिन आउनेको भिड नियन्त्रण गर्न कठिन परेको त्यहाँस्थित नेपाल एयरलाइन्सको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्