उपत्यका छिर्ने नाकामा सेना खटाउनुपर्छ : प्रजिअ दाहाल



हाम्रो इकोनोमि

 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिने बताए । ‘ठप्प पार्ने हो भने भोकमरी हुन्छ’ उनले भने, जति कडाई गरे पनि दिनमा दुई हजार मान्छे आउँछन् ।’

त्यसको व्यवस्थापनका लागि उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्ने उनले बताए । ‘अहिले नेपाल प्रहरी खटाइएको छ, उसले गर्न सकेन भन्ने होइन । तर सडकमा लडेको जड्याहालाई उठाउनेदेखि सुन चोरसम्म पक्राउ गर्नुपर्ने जिम्मा छ’ उनले भने, ‘नाकाको जिम्मा नेपाली सेनालाई दिऔं भनेका हौं ।’ यसबारे प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टरमा समेत पठाएपनि कुनै निर्णय नभएको उनले बताए ।

उनले उपत्यकामा कडाई गर्नुपर्ने र सहजीकरण गर्दै जानुपर्ने अप्ठ्यारो रहेको बताए । चार महिनाको लकडाउन र पछिल्लो पटक तीन साताको निषेधाज्ञाका कारण मानिसहरुले खान नपाएको गुनासो आउन थालेको भन्दै दाहालले भने, ‘कोरोनासँग बाच्न सिक्नुपर्छ ।’

अहिले पनि जनस्वास्थ्यका मापदण्ड सीमित मानिसहरुले मात्र पालना गर्ने गरेको भन्दै उनले यसमा सचेत हुनुपर्ने बताए ।सरकारका निकायहरुले आफ्नो मातहतमा पर्ने क्षेत्रको अनुगमन गर्नुपर्ने उनको धारणा छ ।

प्रजिअ दाहालले क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गर्नुपर्ने, पीसीआर टेष्टका लागि स्वाब दिएकाहरुलाई रिपोर्ट नआउँदासम्म घरमै राख्नुपर्नेमा जोड दिए । स्वाब दिएकाहरु बाहिर हिड्ने हो भने संक्रमण रोक्न नसक्ने भन्दै उनले भने, ‘यसमा वडाले हेर्नुपर्‍यो, हेरनन् भने कारबाही गर्नुपर्‍यो ।’

कोरोनाका कारण मृत शरिरको व्यवस्थापनका लागि पनि ठाउँ खोज्नुपर्ने उनले बताएका छन् । संक्रमण बढ्दै जाँदा मृत्यु हुनेहरुको संख्या पनि बढ्ने र अहिले भएको ठाउँले नधान्ने अवस्था आउनसक्ने भन्दै प्रजिअ दाहालले भनेका छन्, ‘त्यस्तो स्थिति नआओस् तर, आइहाल्यो भने के गर्ने भनेर तयारी गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...