अर्थमन्त्री खतिवडाले आजै राजीनामा दिने



हाम्रो इकोनोमि

 

राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने बैठकको मुख्य एजेन्डा राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्ने रहेको मन्त्रिपरिषद् स्रोतले बताएको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको थियो।

मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपतिलाई सिफारिस गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नेछन्। आजकै बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन्।

खतिवडाको राष्ट्रिय सभा सदस्यता भोलि (शनिबार) सकिदै छ। राष्ट्रिय सभामा आफ्नो समय थप नहुने भएपछि खतिवडाले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...