अर्थमन्त्री खतिवडाले आजै राजीनामा दिने



हाम्रो इकोनोमि

 

राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने बैठकको मुख्य एजेन्डा राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्ने रहेको मन्त्रिपरिषद् स्रोतले बताएको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको थियो।

मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपतिलाई सिफारिस गरेपछि गौतम राष्ट्रिय सभा सदस्य बन्नेछन्। आजकै बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन्।

खतिवडाको राष्ट्रिय सभा सदस्यता भोलि (शनिबार) सकिदै छ। राष्ट्रिय सभामा आफ्नो समय थप नहुने भएपछि खतिवडाले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...