प्रचण्ड र नेपालबीच गोप्य टेलिफोन बार्ता



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ, खुमलटारस्थित प्रचण्ड निवासमा दुवै नेताबीच भेटवार्ता भइरहेको हो । नेकपाको भोलि बिहीबार बस्ने सचिवालय बैठकको तयारीका विषयमा दुवै नेताबीच छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।

गत शनिबारको सचिवालय बैठक स्थगित भएपछि बिहीबारको लागि बोलाइएको छ । सचिवालयका सदस्यद्वय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सेल्फ आइसोलेसनमा बसेपछि शनिबारको सचिवालय बैठक स्थगित भएको थियो । बिहीबारका लागि बोलाइएको सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिवेदनका अतिरिक्त मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत छलफल हुने एक नेताले बताए । ‘कार्यदलले बुझाएको प्रतिवेदन मुख्य एजेण्डा हो, तर मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल हुनसक्छ’, ती नेताले भने–‘अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाको विषयमा समेत छलफल हुनसक्छ ।’

डा. खतिवडाको पदावधि पर्सि भदौ २०गते सकिदैछ । राष्ट्रिय सभाको सदस्यता गत फागुन २० गते सकिएपछि नागरिकको हैसियतमा मन्त्री बनेका खतिवडाको छ महिना भदौ २० गते पुग्दैछ । मन्त्री हुन प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सदस्य भएको हुनुपर्ने संवैधानिक प्रावधान छ । यी दुवै सदनका सदस्य नभए पनि मन्त्री बन्न सक्छन् तर छ महिनाभित्र दुवै सदनमध्ये कुनै एकको सदस्यता प्राप्त गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...