प्रचण्ड र नेपालबीच गोप्य टेलिफोन बार्ता



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ, खुमलटारस्थित प्रचण्ड निवासमा दुवै नेताबीच भेटवार्ता भइरहेको हो । नेकपाको भोलि बिहीबार बस्ने सचिवालय बैठकको तयारीका विषयमा दुवै नेताबीच छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।

गत शनिबारको सचिवालय बैठक स्थगित भएपछि बिहीबारको लागि बोलाइएको छ । सचिवालयका सदस्यद्वय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सेल्फ आइसोलेसनमा बसेपछि शनिबारको सचिवालय बैठक स्थगित भएको थियो । बिहीबारका लागि बोलाइएको सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिवेदनका अतिरिक्त मन्त्रिपरिषद् पुनर्गठनका विषयमा समेत छलफल हुने एक नेताले बताए । ‘कार्यदलले बुझाएको प्रतिवेदन मुख्य एजेण्डा हो, तर मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल हुनसक्छ’, ती नेताले भने–‘अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाको विषयमा समेत छलफल हुनसक्छ ।’

डा. खतिवडाको पदावधि पर्सि भदौ २०गते सकिदैछ । राष्ट्रिय सभाको सदस्यता गत फागुन २० गते सकिएपछि नागरिकको हैसियतमा मन्त्री बनेका खतिवडाको छ महिना भदौ २० गते पुग्दैछ । मन्त्री हुन प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सदस्य भएको हुनुपर्ने संवैधानिक प्रावधान छ । यी दुवै सदनका सदस्य नभए पनि मन्त्री बन्न सक्छन् तर छ महिनाभित्र दुवै सदनमध्ये कुनै एकको सदस्यता प्राप्त गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने सरकारको तयारी

    सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी...