राष्ट्रिय सभामा वामदेव कि खतिवडा ?



 

पछिल्लो समय केही साम्यजस्तो बनेको नेकपाभित्रको विवाद फेरी शुरुहुने संकेत देखिएको छ । खासगरि अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिन लागेसंगै राष्ट्रियसभामा कसलाइ पठाउने भन्ने बिषय नेकपाभित्र फेरि तरङ्गित हुन थालेको छ । नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा आफूलाई पठाउने निर्णय कार्यान्वयनको पक्षमा आवाज उठाएपछि पार्टीभित्र र राष्ट्रिय राजनीति फेरि तरङ्गित बनेको हो।

वामदेव गौतम उनै नेता हुन् जसले राखेको छ बुँदे प्रस्तावपछि नेकपाभित्रको लामो र गम्भीर विवादको समाधान खोज्न कार्यदल बन्यो र त्यसले प्रस्तुत गरेको प्रतिवेदनपछि त्यो सुल्झिने सम्भावना देखा परेको थियो। तर अहिले बल्लबल्ल मिल्दै गएको विवाद र आफ्नो लागि टरेको संकटमा उपाध्यक्ष वामदेव गौतम नै ओलीका लागि अप्ठयारो अवस्था सिर्जना गर्नै पात्रका रुपमा देखा परेका छन् । कारण हो, गौतमले राष्ट्रिय सभाको रिक्त मनोनित एक सिटमा आफ्नै दाबेदारी प्रस्तुत गर्नु ।

उनको त्यही छ बुँदे प्रस्तावपछि केपी शर्मा ओलीमाथि प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद छाड्नै पर्ने परेको दबाव त्यससँगै टरेको थियो ।

त्यसमाथि औपचारिक छलफल नहुँदै गौतमले आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउने गत फागनु १४ गतेको सचिवालयको बैठकको निर्णय लागु हुनुपर्ने माग फेरि अघि सारेका छन्।

तत्कालीन नेकपा एमालेमा लामो समय पार्टीभित्र विपक्षीको जस्तो भूमिकामा रहेका ओलीलाई पार्टी र सरकारको प्रमुख बन्ने वातावरण बनाउन गौतमले निर्णायक भूमिका निर्वाह गरेको नेकपाभित्रै ठानिन्छ।

तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा परास्त गर्न ओलीलाई गौतमले साथ दिएका थिए।

पार्टी महाधिवेशनमा खनालको सहयोगप्राप्त अर्का नेता माधवकुमार नेपाललाई अध्यक्षमा झिनो मतले हराएका ओलीका निम्ति गौतमकै काँध दरिलो सावित भएको ठानिन्छ।

सेलाएको विवाद विधिवत् अन्त्य नहुँदै गौतमको राष्ट्रिय सभा प्रवेशको आकाङ्क्षाले नेकपाभित्रको समिकरण फेरि बदलिने हो कि भन्ने चर्चा हुन थालेको छ। अनि त्यसको अर्को पात्र बनेका छन् अर्थमन्त्री युवराज खतिवडा।

त्यसअघि उक्त पदमा मनोनीत भएका डा. खतिवडा अर्थमन्त्री थिए। उनको अवधि सकिएपछि उक्त पद रिक्त भएको थियो। यद्यपि, खतिवडाले गैरसांसदका रूपमा अर्थमन्त्रीमा पुनर्नियुक्ति पाए। संविधानतः गैरसांसद पनि ६ महिनासम्म मन्त्री हुन पाउने तर त्यसपछि निरन्तरताका लागि संघीय सांसद भइसक्नुपर्ने कानुनी व्यवस्था छ।

उनी आफ्नो पद जोगाउन अबको तीन दिनभित्र राष्ट्रियसभा सदस्यमा मनोनीत भइसक्नुपर्ने हुन्छ। अर्कातिर गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने गत फागुनकै निर्णय कार्यान्वयनको माग प्रधानमन्त्रीसमक्ष गरेका छन्।

सचिवालयका नेताको रोजाइमा गौतम र प्रधानमन्त्री ओलीको रोजाइमा डा. खतिवडा देखिएका छन्।  सोही कारण पनि गौतम भन्दा ओलीका लागि सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एउटा खतिवडाकै पदावधी समाप्त भएर रिक्त बनेको पदमा पूर्ननियुक्ति गरेर दोहोराउन चाहिरहेका छन् । गौतमको दावी पछि अब ओलीले खतिवडा रोज्छन की गौतम ? नेकपाभित्र चासोका साथ हेर्न थालिएको छ । बिहीबार बस्ने सचिवालय बैठकमा यो विषयले प्रवेश पाउने भएको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्