सांसद साहको पहलमा मन्दिर शिलान्यास



हाम्रो इकोनोमि

 

गोली हानेर पुजारीको हत्या गरिएको स्थानमा मन्दिर तथा मठ निर्माण गर्नका लागि आज शिलान्यास गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले गरेको घोषणा बमोजिम रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माणका लागि शिलान्यास गरिएको हो । सांसद साहले हिजो (आइतबार) मात्रै उक्त स्थानमा मन्दिर र मठ निर्माण गर्ने घोषणा गरेका थिए ।

सांसद साहको पहलमा निर्माण हुने उक्त मन्दिरको शिलान्यास मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, माधवनारायण नगरपालिकाकी उप–प्रमुख सिमलदेवी साह र देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेलले संयुक्त रुपमा गरेकी हुन् ।

सन्तको जीवन बिताइरहेका पुजारीको हत्याले आफुलाई मात्र नभइ समग्र समाजलाई दुखी बनाएको बताउदै मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहले पुजारीको सम्मानमा मठ र मन्दिर निर्माण गर्न लागिएको जीकिर गरिन् । उनले बजारको रुपमा विस्तार भईरहेको खेसरहियामा सामाजिक सद्भाव भड्काएर विकास रोक्न खोजिएको आरोप लगाईन् ।

माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमल देवी साहले निस्वार्थ सामाजिक कार्यमा लागेको पुजारीको हत्याले सामाजिक कार्यप्रति लाग्ने व्यक्तिलाई निरुत्साहित गर्ने भएकोले यस्ता कार्य दोहोरिन नदिन प्रशासनको ध्यानाकर्षण गराइन । देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेल मन्दिर निर्माणले पुजारीप्रति सम्मान स्थापित हुनुका साथै खेसरहिया बजारमा धार्मिक पर्यटन पनि बढने विश्वास व्यक्त गरिन ।

मन्दिर शिलान्यास भएको स्थानमा भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो ।

शिलान्यास कार्यक्रममा सहभागी हुन पुगेका रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त स्थानमा प्रहरी चौकी निर्माण गर्ने घोषणा गरेका छन् । सांसद साहको मागबमोजिम उक्त स्थानमा आजैबाट प्रहरी रहने प्रजिअ यादवले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...