हनुमान मन्दिर र मठ निर्माण गर्ने प्रभु साहको घोषणा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माण गर्ने घोषणा गरेका छन् ।

सांसद साहद्वारा मन्दिर निर्माण गर्ने भनिएको स्थानमा भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो । आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारी साहप्रति सांसद साहले सम्मान स्वरुप मठ र मन्दिर निर्माण गर्न लागेका हुन् ।

‘पुजारीको हत्यामार्फत धार्मिक सामाजिक कार्यमा लाग्ने व्यक्तिलाई निरुत्साहित गर्ने र उक्त स्थानमा भईरहेको बजारको विकासलाई रोक्ने हत्याराहरूको स्पष्ट अभिप्राय देखिएकोले त्यस्तो हुन नदिन माननीय प्रभु साहको पहलमा सबै पक्षबाट सहयोग जुटाएर हामी यो मन्दिर निर्माण गर्न लागेको हो’ सांसद साहका स्वकिय सचिव विजय यादवले भने । उनका अनुसार भोली (आइतबार) नै उक्त मन्दिरको शिलान्यास हुन सक्ने बुझिएको छ ।

पुजारी श्रीराम साहले हनुमान मन्दिरको स्थापना गरे देखि उक्त स्थानमा बजारको तीव्र विकास भईरहेको र पुजारीको हत्या पश्चात बजारको भविष्य नै अन्योल हुने माधाव नारायण नगरपालिकाकी उपमेयर सिमल कुमारी साहले बताइन । ५ वर्ष अगाडि सांसद साहको पहलमा देवाहीबाट खेसरहिया हुदै वीरेन्द्र राजमार्गमा जोडने नयाँ सडक निर्माण भएदेखि उक्त स्थानमा बजार लाग्दै आएको छ ।

पुजारीको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्ने सांसद साहले निरन्तर ध्यानाकर्षण गराउदै आएका छन् । यसअघि सांसद साहले पुजारी हत्याकाण्डको सम्बन्धमा पाँच बुँदे माग राखेका थिए ।

पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, मृतक साधु श्रीरामलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, श्रीराम साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण शुरु गर्नुपर्ने र शान्ति सुरक्षाको लागि उक्त बजार (खेसरहिया) मा प्रहरी चौकी स्थापना गर्नुपर्ने सांसद साहको माग थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...