बास्कोटालाई जे पायो त्यही आरोप लगाउने : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूलाई नचलाउने बताएका छन् । उनले अबको डेढ वर्षपछि स्थानीय तहको निर्वाचन हुने भन्दै त्यसपछि आउने नयाँ नेतृत्व मुख्यमन्त्री बन्ने बताए ।

‘अब डेढ वर्षपछि हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुपर्छ’, उनले भने, ‘त्यस अगाडि मुख्यमन्त्रीको केही हुँदैन ।’मन्त्री र मुख्यमन्त्रीहरू परिवर्तनको हल्ला चलिरहेका बेला ओलीको यो भनाइ आएको छ ।

सरकारले भ्रष्टाचार नगरेको उनले बताए । ‘जे मन लाग्यो त्यो लेख्या छ । भनेको छ’, उनले भने, ‘कसैले पनि भ्रष्टाचार गरेको छैन ।’ उनले गोकुल बास्कोटालाई लागेको ७० करोड कमिशन र भ्रष्टाचारको बचाउ गरे । उनले भने, ‘जे मन लाग्यो त्यो भन्न पाइँदैन । अख्तियारले हेरेको छ । आवश्यक प¥यो भने सरकार पनि छ ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनःगठनको संकेत दिएका छन् ।‘जनता जान्न चाहन्छन’ टेलिभिजन कार्यक्रमसँगको अन्तर्वार्तामा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर र पुनःगठनको संकेत गरेका हुन् । ‘आवश्यक्ताअनुसार मन्त्रिमण्डल हेरफेर र पुनःगठन हुन सक्छ’, उनले भने, ‘मन्त्रिमण्डल पुनःगठनको कुरालाई अन्यथा लिन मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...