प्रधानमन्त्रीले मन्त्रीहरू फेर्ने, मुख्यमन्त्रीहरू नचलाउने



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनःगठनको संकेत दिएका छन् ।

‘जनता जान्न चाहन्छन’ टेलिभिजन कार्यक्रमसँगको अन्तर्वार्तामा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर र पुनःगठनको संकेत गरेका हुन् । ‘आवश्यक्ताअनुसार मन्त्रिमण्डल हेरफेर र पुनःगठन हुन सक्छ’, उनले भने, ‘मन्त्रिमण्डल पुनःगठनको कुरालाई अन्यथा लिन मिल्दैन ।’

प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूलाई नचलाउने बताएका छन् । उनले अबको डेढ वर्षपछि स्थानीय तहको निर्वाचन हुने भन्दै त्यसपछि आउने नयाँ नेतृत्व मुख्यमन्त्री बन्ने बताए ।

‘अब डेढ वर्षपछि हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुपर्छ’, उनले भने, ‘त्यस अगाडि मुख्यमन्त्रीको केही हुँदैन ।’

मन्त्री र मुख्यमन्त्रीहरू परिवर्तनको हल्ला चलिरहेका बेला ओलीको यो भनाइ आएको छ ।

सरकारले भ्रष्टाचार नगरेको उनले बताए । ‘जे मन लाग्यो त्यो लेख्या छ । भनेको छ’, उनले भने, ‘कसैले पनि भ्रष्टाचार गरेको छैन ।’ उनले गोकुल बास्कोटालाई लागेको ७० करोड कमिशन र भ्रष्टाचारको बचाउ गरे । उनले भने, ‘जे मन लाग्यो त्यो भन्न पाइँदैन । अख्तियारले हेरेको छ । आवश्यक प¥यो भने सरकार पनि छ ।’

प्रतिक्रिया दिनुहोस
त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...