एक दलित युवकको मृत्यु भएपछि रौतहटमा आन्दोलन



हाम्रो इकोनोमि

 

रौतहटमा प्रहरी हिरासतमा रहेका एक दलित युवकको मृत्यु भएपछि स्थानीयले आन्दोलन सुरु गरेका छन् ।

प्रहरीको ज्यादती बढेको भन्दै  हजारौंको संख्यामा पुगेका स्थानीयले ईलाका प्रहरी कार्यालय गरुडा घेराउ गरेका छन । प्रहरी हिरासतमा कुटपिट गर्ने दोषि प्रहरीलाई कारबाहीको माग राख्दै ठुलो संख्याका स्थानीयबासिन्दा र दलित समुदाय आन्दोलित भएका छन ।

गत साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडियाका १७ वर्षीय निरन्जन रामको घाँटी रेटी हत्या भएपछि प्रहरीले घटनामा संलग्न सात जनालाई पक्राउ गरेको थियो । तीनैमध्येका एक विजय महरा (चमार) लाई यातना दिदाँ अस्वस्थ भई अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।

आर्थिक चलखेल गरेर प्रहरीले निर्दोष रहेका विजय रामलाई पक्राउ गरेको भन्दै यस अघिदेखि नै दलित अगुवा तथा स्थानीयले नारा जुलुस सहित विरोध गर्दै आएका थिए । उनै निर्दोष भनिएका १९ वर्षीय विजय राम महराको प्रहरीको कुटपिट बाट मृत्यु भएकोपछि दलित समुदाय, स्थानीयबासिन्दा र अधिकारकर्मीहरुले ईलाका प्रहरी कार्यालय गरुडा घेराउ गर्दै नाराबाजी गरेका छन ।

घटनामा संलग्न रहेको स्वीकार गराउन विजय राम महरा लाई प्रहरीले निर्घात कुटपिट गरेको र त्यसैको असर उनको उपचारको क्रममा मृत्यु भएको नीरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले दाबी गरेको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय गरुडाका डिएसपीले घुस लिएर निर्दोषलाई कुटपिट गरी ज्यान लिएको भन्दै निलम्बन गरी कारवाहीको माग गरेका छन् ।

निरन्जन रामको हत्या भएको भोलिपल्ट ईलाका प्रहरी कार्यालय गरुडाले हत्याको आरोपमा भोलिपल्ट गाउँकै १९ वर्षीय विजय राम महरा सहित ७ जना लाई पक्राउ गरेको थियो । पक्रेको दिनदेखि छोरालाई भेट्न नदिएको प्रहरी हिरासतमा मृत्यु भएका महराका बुवा पनिलाल महराले बताए ।

अस्पताल भर्ना गरेको खबर पाएर जाँदा पनि भेटन नदिएको उनको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...