विद्युत गृह र खानेपानी योजना भत्काउने अध्यक्ष विरुद्ध मुद्दा दर्ता



हाम्रो इकोनोमि

 

पञ्चदेवल विनायक नगरपालिका वडा नं ५ र ६ का अध्यक्ष विरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा मुद्दा दर्ता भएको छ । वडा नं ५ का वडा अध्यक्ष कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो र वडा नं ६ का अध्यक्ष पूर्ण रावलको नेतृत्वमा निर्माणधिन जामुने खानेपानी योजना भत्काएको भन्दै स्थानीयबासिन्दाले मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी रमेशदत्त अवस्थिले जानकारी दिनुभएको छ ।

बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो भत्काएको भन्दै उनि लगायत १० जनाको नाममा र वडा अध्यक्ष रावलको नेतृत्वमा जामुने खानेपानी योजना भत्काएको भन्दै उनि लगायत ८ जनाको नाममा किटानि जाहेरी सहित मुद्दा दर्ता भएको छ । वडा अध्यक्ष वुढाको नेतृत्वमा पञ्चदेवल विनायक नगरपालिकाको मुख्य विद्युत आपूर्तिको माध्यम क्षतविक्षत बनाइएपछि ६ दिनदेखि नगरपालिकाका पाँच वटा वडा अन्धकारमय भएको स्थानीय शेरबहादुर बुढाले जानकारी दिनुभयो ।

वडाध्यक्षकै नेतृत्वमा गएको समुहले जलविद्युतको करिब एक सय मिटर कुलो भत्काएको वुढाको भनाई रहेको छ । आफ्नो वडालाई मुहानबाट खानेपानी ल्याउन नदिएको झोंकमा विद्युतको कुलो भत्काएको बुझिएको छ । लघु जलविद्युतको बाध, प्यानास्टिक पाइप भत्काइएको छ  । यस्तै वडा नं ६ का अध्यक्ष रावलको नेतृत्वमा जामुने खानेपानी योजना भत्काईको स्थानीयको आरोप छ । उक्त आयोजना भत्काउदा २० लाख वढीको क्षति भएको स्थानीय बखत विष्टले जानकारी दिनुभएको छ ।

पाइपलाईन, ईन्टेक, सिमेन्ट, निर्माणधिन सामग्रीमा क्षति पुगेको छ । आफू अनुकल आयोजना नभएपछि वडा अध्यक्षले वडाको वैठकबाट निर्णय गरेर जामुने खानेपानी योजना भत्कएको विस्टले जानकारी दिनुभयो । विद्युत गृह र खानेपानी योजना भत्काउने वडा अध्यक्षलाई कार्वाहीको लागि अदालको अनुमति लिएर पक्राउ गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अवस्थिले जानकारी दिनुभयो । उहाँले आज शनिवार भएका कारण पक्राउको लागि अनुमति पूर्जि लिन सकिएन ।

भोली  अनुमति पूर्जि लिएर पक्राउ गरिने उहाँले जानकारी दिनुभयो । यस्तै आज नै नेपाल कम्युनिष्ट पार्टी नेकपा पञ्चदेवल विनायक नगर कमिटीले विद्युत गृह र खानेपानी योजना भत्काउनेलाई कार्वाहीको लागि माग गरेको छ । नगर कमिटी अध्यक्ष नितेश रिमाल र सचिव गोरख बहादुर रावलद्वारा जारी गरिएको विज्ञप्तिमा नगर प्रमुख र उपप्रमुखको आपसि विवादमा भौतिक संरचना भत्काउने कार्य आपत्तिजनक भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...