नेकपा सचिवालय बैठक स्थगित



हाम्रो इकोनोमि

 

निबारका लागि तय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक स्थगित भएको छ ।

‘भोलि (शनिबार) का लागि तय भएको बैठक स्थगित भएर १८ गतेलाई डाकिएको छ,’ पूर्व प्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालले भने । बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।

शनिबारको बैठक स्थगित भएको जानकारी सदस्यहरुलाई आज (शुक्रबार) दिइएको हो । दुई अध्यक्षद्वारा गठन गरी पछि सचिवालयले अनुमोदन गरेको कार्यदलले दिएको प्रतिवेदनसँगै पार्टीको विवाद साम्य भएर सचिवालय बैठक बस्न लागेको अनुमान भइरहेका बेला शनिबारको बैठक पनि स्थगित भएको छ ।

पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले दिएको सुझावलाई दुई अध्यक्षले आवश्यक ठाने परिमार्जन गरी सो प्रतिवेदनलाई सचिवालय र स्थायी कमिटी बैठकमा समेत पेश गर्ने र त्यहाँ छलफल हुने जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...