नेकपा सचिवालय बैठक स्थगित



हाम्रो इकोनोमि

 

निबारका लागि तय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक स्थगित भएको छ ।

‘भोलि (शनिबार) का लागि तय भएको बैठक स्थगित भएर १८ गतेलाई डाकिएको छ,’ पूर्व प्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालले भने । बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।

शनिबारको बैठक स्थगित भएको जानकारी सदस्यहरुलाई आज (शुक्रबार) दिइएको हो । दुई अध्यक्षद्वारा गठन गरी पछि सचिवालयले अनुमोदन गरेको कार्यदलले दिएको प्रतिवेदनसँगै पार्टीको विवाद साम्य भएर सचिवालय बैठक बस्न लागेको अनुमान भइरहेका बेला शनिबारको बैठक पनि स्थगित भएको छ ।

पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले दिएको सुझावलाई दुई अध्यक्षले आवश्यक ठाने परिमार्जन गरी सो प्रतिवेदनलाई सचिवालय र स्थायी कमिटी बैठकमा समेत पेश गर्ने र त्यहाँ छलफल हुने जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...