खतिवडालाई अर्थमन्त्रीबाट विदाइ गर्ने प्रधानमन्त्री ओलीको तयारी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समधानका लागि गठित कार्यदलको प्रतिवेदनले अर्थमन्त्री युवराज खतिवडालाई ‘रेड सिग्नल’ दिएको छ ।

कार्यदलले  सहमतिको खाकासहितको बुझाएको प्रतिवेदनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारी सम्हालेका खतिवडाको कार्यकालमा ब्रेक लाग्ने सङ्केत देखिएको छ ।

गत फागुन २० गते दोस्रो पटक मन्त्रीको रूपमा शपथ लिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको सदस्यमा नियुक्त नगरेको खण्डमा आगामी २० वैधता सकिने छ ।

मन्त्री पदका लागि दुई सदनमध्ये एकको अनिवार्य सदस्य हुनुपर्ने संवैधानिक ब्यबस्था छ। अहिले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाका १ सदस्य रिक्त छ।

तर ओलीले पार्टीको शक्ति सन्तुलन मिलाउन खतिवडालाई निरन्तरता दिने मनसाय प्रकट गरिसकेको स्रोतको दाबी छ ।

नेकपा उपाध्यक्ष बामदेव गौतमले आफु राष्ट्रियसभाको सदस्य नहुने घोषणा गरेर अर्थमन्त्री खतिवडाको अनुहार चमक देखिए पनि प्रधानमन्त्री ओलीले रेड सिग्नल देखाएको बुझिएको छ ।

गौतमले सुरुमा राष्ट्रियसभामा जान्न ईच्छा देखिएपनि पछिल्लो समयमा आएर उनले आफु अब ईच्छुक नरहेको अनौपचारीक रुपमा बताउन थालेका छन् ।

गौतमले राष्ट्रियसभा जान नरुचाए सचिवालय बैठकको निर्णय उल्टाएर खतिवडा राष्ट्रियसभामा मनोनित भएपनि अर्थमन्त्रीबाट भने विदाइ गर्ने प्रधानमन्त्री ओली तयार देखिएको बुझिएको छ ।

फागुन १४ मा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लैजान सर्बसम्मत निर्णय निर्णय गरेको थियोे । बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने गौतमको शर्तलाई अस्विकार गर्दै यस्तो निर्णय लिएको थियो ।

निर्णय भएको केही समय सम्म उनले आफु राष्ट्रियसभा सदस्य हुन तयार भएको बताएपनि हाल आएर आफु त्यसका लागि तयार नभएको बताएका छन् । गौतम ब्याक हुने संकेत देखिए पनि कार्यदलको प्रतिवेदनले खतिवडालाई झस्काएको हो । खतिवडाको ठाउँमा सुरेन्द्र पाण्डेलाई स्थान दिने सहमतित भएको बुझिएको छ ।

कार्यदलका सदस्यसमेत रहेका पाण्डेलाई पहिलेदेखि नै अर्थमन्त्रीको दाबेदारका रूपमा हेरिएको छ । नेकपा कार्यदलले बनाएको खाकालाई पारित गर्न भदौ १३ गते सचिवालय बैठक बोलाइएको छ ।

सो बैठकले सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्रिमण्डलका सम्बन्धमा निर्णय लिने बुझिएको छ । यता खतिवडा आफै पनि निरन्तरता पाउनेमा विश्वस्त देखिएका छैनन् ।

उनले आफू निकटकाहरुलाई अब गरिने मन्त्रिमण्डल पुनर्गठनबाट आफू विदाइ हुन पनि सक्ने बताइसकेका छन् । त्यसका पछाडि दोस्रो कार्यकालमा खतिवडा विवादमा फसे ।

खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीकै जोडबलमा पहिलो र दोस्रो कार्यकालमा नियुक्त गरिए पनि पहिलो कार्यकालभन्दा दोस्रो कार्यकालको नियुक्ति बढी विवादास्पद थियो । उनको काम पनि विवादमा पर्यो । बजेट भाषण अगाबै सुचना सुहाएको उनीमाथि आरोप लाग्यो ।

यता गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिलाई अर्थ मन्त्रालय जस्तो शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिँदा पार्टीको स्पिरिडमा काम हुन नसकेको नेकपामा बहस जारी छ । अर्कोतिर ओली आफू विरोधी कित्ताका शक्तिशाली नेताहरुलाई सरकारमा सामेल गराएर विरोधको स्वर कमजोर बनाउने रणनीतिमा देखिन्छन् ।

ओलीको चर्को विरोध गर्ने वरिष्ठ नेता माधव नेपाल पक्षका शक्तिशाली नेताहरु एकपछि अर्को गर्दै ओलीले आफ्नो क्याविनेटमा तानेका छन् । त्यही क्रममा पाण्डेलाई अर्थमन्त्री बनाउने ओलीले तयारी थालेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस
सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने सरकारको तयारी

    सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी...