राप्ती नगरपालिकामा २४ करोडको चकलेट उद्योग स्थापना गरिने



 

पूर्वी चितवनको राप्ती नगरपालिकामा दुधको विविधिकरण गर्न सांँढे २४ करोडको लगानीमा चकलेट उद्योग स्थापना गर्ने तयारी गरिएको छ ।
वाग्मती प्रदेश सरकार र नगरपालिकाको सांँढे २४ करोडको संयुक्त लगानीमा उक्त उद्योग स्थापना गर्न लागिएको हो । राप्ती नगरपालिका वडा नम्बर ७ को साना किसान तथा कृषि सहकारीको जग्गालाई उद्योग स्थापनाका लागि छनौट गरिएको छ । दुधको उत्पादनलाई खेर जान नदिन र दुधको परिकारमा विविधिकरण गर्ने उद्धेश्यले चकलेट उद्योग स्थापना गर्न लागिएको वागमती प्रदेश सरकारले जानकारी दिएको हो ।

यसका लागि मंगलबार भूमिव्यवस्था,कृषि तथा सहकारी मन्त्रालय र राप्ती नगरपालिका बीच छलफल भएको वागमती प्रदेश दुग्ध विकास बोर्डका निर्देशक डाक्टर शरण पाण्डेले बताए । ‘मन्त्रालयमा राप्ती नगरपालिकामा चकलेट उद्योग स्थापना गर्ने बिषयमा नीतिगत निर्णय भएको छ , उनले भने प्रारम्भिक परियोजना प्रतिवेदन पनि तयार भएको छ ।’ डाक्टर पाण्डेका अनुसार उद्योग सञ्चालनमा ल्याउन २४ करोड ५० लाख लगानी अनुमान गरिएको छ । जसमा आधा लगानी प्रदेश सरकार र आधा लगानी नगरपालिकाको हुने छ । चितवनमा दुध उत्पादन क्षमता क्रमश बढ्दै गईरहेकोले यसलाई विविधिकरण गर्न र खेर नजाओस भन्ने हेतुले चकलेट उद्योग स्थापना गर्न लागिएको डाक्टर पाण्डेले बताए । उद्योगमा क्याड्बरी, ट्रफी , चकलेट लगायत गुणस्तरीय उत्पादन गर्नुका साथै पनीर , दही ध््यू,क्रीम लगायतका उत्पादनहरुलाई समेत निरन्तरता दिइनेछ ।

उनका अनुसार अवस्था सामान्य भए आउंँदो असोजसम्म वातावरणीय प्रभाव मुल्यांकनको काम र टेण्डर प्रक्रियामा लगिनेछ । एकबर्षभित्र उद्योग सञ्चालनमा ल्याउने लक्ष्य लिईएको छ ।
नेपालमा बार्षिक करौडौ रुपैयांँको चकलेट आयात भईरहेको र आयात प्रतिस्थापन गर्न किसानलाई प्रेरित गर्न चकलेट उद्योग स्थापना गर्न लागिएको मन्त्रालयका सचिव डाक्टर योगेन्द्र बहादुर कार्कीले बताए । ‘यो एउटा फरक प्रकारको उद्योग बन्नेछ, उनले भने, उद्योगले रोजगारी बृद्धि गर्न र आयात प्रतिस्थापन गर्न मदत पुग्छ ।’

नगरपालिकाका प्रमुख प्रभा बरालले प्रदेश सरकार र नगरपालिका चकलेट उद्योग स्थापना गर्न तयार भएको बताईन । नगरपालिकाको साना किसान तथा कृषि सहकारीको डेढ विघा जग्गामा चकलेट उद्योग स्थापना गर्न लागिएको जानकारी दिइन । उनका अनुसार आधा लगानीमध्ये नगरपालिकाको तर्फबाट सहकारी, किसानहरुको साझेदारीको रुपमा लगानी गरिनेछ । पहिलो चरणमा दैनिक ३० हजार लिटर दुध खरिद गर्ने विस्तारै यसको क्षमता बढाउंँदै लगिने बरालले बताइन । ‘उद्योग स्थापना गर्दा एकत दुध खेर जादैन बरालले भनिन,अर्कोकुरा किसानले निश्चित मुल्य पनि पाउंँछन ।’

चितवनमा बन्द हडताल र मूल्यका कारण बर्षेनी दुध खेर जाने र किसानले दुधको मुल्यको लागि आन्दोलन गर्न नपरोस भनेर चकलेट उद्योग स्थापना गर्न लागिएको बरालको भनाई छ ।

व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे उद्योग स्थापना हुनु चितवनका किसानका लागि राम्रो प्रयास भएको बताउंँछन । ‘यस्ता उद्योगहरु बन्नु राम्रो हो, न्यूरेले भने, यसले किसानलाई थप लगानी गर्न उत्प्रेरणा पनि मिल्छ ।’ बर्षेनी चितवनका दुग्ध उत्पादक किसानहरुले दुधको सही मुल्य नपाएको र दानाको मुल्य बढ्दे गएको भन्दै उनले सरकारले किसानमैत्री नीति ल्याउन र दुग्धजन्य उत्पादनलाई बिशेष प्राथमिकता राख्नुपर्ने बताए ।

चितवनमा अहिले झण्डै दैनिक ३ लाख लिटर दुध उत्पादन हुदै आएको छ । यहांँ पांँचसय भन्दा बढी व्यवसायीक दुग्ध किसान रहेका छन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्