म अर्थमन्त्री नभए पार्टीको अधिवेशन मै केन्द्रित हुन्छु : नेता पाण्डे



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेता एवं (नेकपा) को विवाद समाधानका लागि गठन भएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले  विशेष गरी अध्यक्षद्वयलाई पार्टी र सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने र पार्टीको विधि र पद्धति अनुसार महाधिवेशमा जाने नै कुख्य कुरा भएको बताउनु भएको छ । कुनै एक व्याक्तिले म नै पार्टीको सर्वेसर्वा हुँ भन्ने सोच राख्न नहुने र पार्टी कोही एक व्यत्तिको कारणले सानो वा ठुलो नहुने ठोकुवा गनूभयो ।

हाम्रो इकोनोमीसँग कुरा गर्दै वहाँले अध्यक्षद्वयको जिम्मेवारी वाँडफाँड, सरकार सञ्चालन, पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने, राजनीति तथा सांगठनिक क्षेत्र, पार्टीको महाधिवेशन, सरकार सञ्चालन र प्रभावकारीता, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, संसदीय दलका सदस्यहरूलाई सम्बन्धित विषयहरूमा प्रशिक्षणको व्यवस्था गर्ने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने नै यो कार्यदलको प्रतिवेदनको भुमिका रहने बताउनु भयो ।

पारस्परिक विश्वास, सहमति, विधान र पद्धतिअनुरूप समस्या समाधान गर्नुपर्छ । यसका लागि अध्यक्षद्वयका बीचमा  कार्यविभाजन र कार्याधिकार निश्चित गर्नुपर्छ अबको नेकपाको लक्ष्य यसमै केन्द्रित हुन जरुरी छ वअहाँले बताउनु भयो । कार्यदलको प्रतिवेदनमा एक व्यक्ति एक पद हुनुपर्ने बिषयमा भने सहमती हुन नसकेके पनि बताए । नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न कार्यदल गठन भएको थियो। पार्टी महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,भीम रावल,पम्फा भुसाल,जनार्दन शर्मा र शंकर पोखरेल छन्।

कार्यदलको प्रतिवेदनले नै नेकपा एकढिक्क भएर अगाडी बढने वहाँको बिश्वास छ । वहाँलाई नेकपाका नेता, कार्यक्रता र आम जनताले अर्थमन्त्री बन्न सुझाव दिएको पनि बताएका छन । आफु सुझाव अनुसार नै चल्ने यदि अर्थमन्त्री नभए पार्टीको अधिवेशन मै केन्द्रित हुँने आफ्नो सोच रहेको पनि वहाँले बताउनु भयो । कार्यदलको प्रतिवेदनको मर्म नै दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्नुपर्ने छ यो नै नेकपा बलियो बनाउने आधार भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...