मैले मात्रै देउवालाई हराउन सक्छु : शशांक कोइराला



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन् । १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने उनले बताए ।  पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दावी सभापतिमा रहने उनको भनाइ छ । महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दावी गरे ।

उनले भने, ‘‘मैले धेरैसँग परामर्श गर्दैछु । उनीहरु तपाईं नै उठ्नुप¥यो भन्नुहुन्छ । तर मैले धेरै साथीहरुका दावी छ भन्छु । रामचन्द्र दाइ, सिटौलाजी हुनुहुन्छ । प्रकाशमान छन् धेरे छन् सबै उठेर त भएन नि । हाम्रो लक्ष्य के हुुनुप¥यो । हामी सबै मिलेर एक जना उठ्नुप¥यो । त्यसका लागि आपसमा वार्ता हुनुप¥यो । वार्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ । व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुर जीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेण्टीका साथ भन्न चाहान्छु म बाहेक शेरबहादुर जीलाई हराउने व्यक्ति छैन ।’’

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशित सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै उनले असन्तुष्टि समेत जनाए ।  सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उनको भनाइ छ । पार्टीभित्र जतिसुकै विरोध गर्दापनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताए ।

उनले भने, ‘‘उहाँले मनोमानी गर्नुभयो । सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ । उहाँ कुरा सुन्नुहुन्न महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुप-यो । किनकी अरु विकल्प छैन । पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो । अहिले विभाग गठन भइरहेको छ । यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ ? उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो भोटका लागि । भोली महाधिवेशन आउँदैछ त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो । विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ । मनपरी गर्दै हुनुहुन्छ । भेटेरपनि भनेका छौँ । अहिले नबनाउनुस् अहिले बनाएर के गर्न सक्नुहुन्छ । ९ महिनामा विभागले के गर्न सक्छ भनेर भन्दा पनि मान्नुभएन । आफ्ना कुरा राख्न बाहेक अरु केही गर्न सकिँदैन । भोक हड्ताल गर्ने हो भने अवस्था खतरापूर्ण आउन सक्छ ।

सबैभन्दा पहिले अधिवेशन गर्ने हो की होइन ? समयमा गर्ने हो भने पहिले जिल्ला अधिवेशन गर्नुप-यो । जिल्लाका सबै एकाइको हुनुप¥यो । क्रियाशित वितरण सहि किसिमले गर्नुप¥यो । धेरे जिल्लामा समस्या छ । समस्याहरुलाई पार्टीले निर्देशन दिएर अगाडि बढ्नुप¥यो क्रियाशलि दिने त वडाले हो । १०—१० लाख क्रियाशिल बनाउदा गाईजात्रा हुने डर छ ।  नसोधेर सबैलाई केन्द्रीय सदस्यमा घुसाउनु भएको छ । क्रियाशिल दिनुभएको छ । आउनेहरु क्रियाशील हुन की होइनन भनेर पनि पुष्टि गर्नुप-यो ।’’

महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वभाविक भएपनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको उनको भनाइ छ । आफू सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने दावी कोइरालाले गरे ।

उनले भने, ‘‘पार्टीलाई एक बनाउने अहिले धेरै गुट उपगुट छन् महाधिवेशनका लागि हुनु स्वभाविक हो । तर महाधिवेशन सकिनेवित्तिकै पार्टीलाई एक बनाउनुप¥यो । जुन शेरबहादुरजीले सक्नु भएन । आजको मितिमा मेरो मान्छे र तेरो मान्छे भन्नुहुन्छ ।’’

तोकिएकै मिति फाुगन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगमी निर्वाचनमा पार्टीलाई सही स्थानमा ल्याउन सकिने उनले बताए । कुनै अप्रिय स्थिति नआए महाधिवेशन तोकिएकै मितिमा हुने उल्लेख गर्दै उनले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए ।

अहिलेको सरकारबाट लोकतन्त्र खतरामा रहेको कोइरालाले बताए ।  सरकारले पटक पटक संविधान र ऐन कानून विपरित काम गरिरहेको उनको आरोप छ । देश संघीय संरचनामा गएपछि कम्युनिष्ट सरकारले संघीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको उनले आरोप लगाए ।  लोकतन्त्रलाई जोगाउन भएपनि अहिले डेमोक्र्याटिक अलाइन्सका आवश्यकता रहेको पनि कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...