उप-प्रमुख इमानसिह लामाले राजकुमार चेपाङको घर बनाईदिए



 

गत साउन १ गते नेपाली सेनाको कुटपिटबाट मृत्यु भएका राजकुमार चेपाङको घर आफ्नै लागतले बनाइदिने घोषणा गर्नुभएका राप्ती नगरपालिकाका उप-प्रमुख इमानसिह लामाले आज उक्त बन्दै गरेको घरको निरीक्षण गर्नुभएको छ । लामा सहित राप्ती नगरपालिका वडा न ०२ का अध्यक्ष श्यामसुन्दर उप्रेती , नेकपा युबानेता सुदिप रुवाली , राइफल युनिटीका अध्यक्ष गणेश तामाङ , नेपाल चेपाङ सगका प्रतिनिधि बलराम चेपाङ सहितको टोलिले अनुगमन गर्नुभएको हो । उप-प्रमुख लामले कति काम सम्पन्न भयो कति बाकी छ भनेर हेर्न आएको बताउनुभयो । उक्त घर बन्दा लाग्ने लागत आफ्नो तर्फबाट प्रदान गर्ने घोषणा गर्नुभएका लामाले आज निरीक्षण गर्नुभएको हो । सोही क्रममा लामाले रासनको लागि चाहिने रु ५००० समेत मृतकको परिवारलाइ हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा

गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन

आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको