कार्यदलको बैठक सकियो, आजै प्रतिवेदन बुझाउने



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी नेकपा को विवाद समाधान गर्न गठित कार्यदलले आजै दुई अध्यक्षलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्र उठेका विभिन्न विषय वस्तुलाई मसिनो गरी छलफल गर्दै दस्तावेजीकरण गरेको हो । कार्यदलले गत शनिबारबाट काम सुरु गरेको हो । गत शुक्रबार दुई अध्यक्ष केपी शमा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदललाई सोमबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो ।
कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा नगराउनेगरी सहमतिको प्रस्ताव तयार गरिएको बुझिएको छ ।  त्यस्तै कार्यदलको प्रतिवेदनमा दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको श्रोतको दावी छ ।

त्यस्तै प्रतिवेदमा एकता महाधिवेशन आगामी चैत महिनामै गर्नु उपयुक्त हुने सुझाव समेटिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...