एकताविरूद्ध आत्मकेन्द्रित, गुटगत र स्वार्थी चलखेल किन ? सल्लाहकार थापा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेपाल कम्युनस्ट पार्टीको केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीको एकताविरोधीहरूविरूद्धमा निर्मम बन्नुपर्ने संकेत गरेका छन । नेकपाको एकता नचाहनेहरूले विभिन्न आत्मकेन्द्रीत, गुटगत स्वार्थ पूरा गर्न चलखेल गरिरहेको तर्फ संकेत गर्दै सल्लाहकार थापाले एकताविरूद्ध आत्मकेन्द्रित, गुटगत र स्वार्थी चलखेल किन रु भन्ने प्रश्न समेत गरेका छन ।

थापाले भनेका छन ‘पार्टीमा सहमति, एकता र पारस्परिक सम्मान बढाउने हरेक सकारात्मक प्रयत्नमा सके खुला दिलले सहयोग गर्न अग्रसर भए हुन्छ, नसके आत्मकेन्द्रित, गुटगत र स्वार्थी चलखेलमा सक्रियता नदेखाउनु नै समयोचित र उपयुक्त कदम हुनेछ १ चेतना भया ११’ थापाले दुई जना अध्यक्षबीचको समझदारी, पारस्परिक विश्वास र सरसल्लाहबाट निकालिने निष्कर्ष नै नेकपाको हकमा विधानसम्मत, सही र संस्थागत प्रक्रिया रहेको पनि बताएका छन ।

उनले भनेका छन ‘दुई जना अध्यक्षबीचको समझदारी, पारस्परिक विश्वास र सरसल्लाहबाट निकालिने निष्कर्ष नै नेकपाको हकमा विधानसम्मत, सही र संस्थागत प्रक्रिया हो । विधि, पद्दति र संस्थागत कार्यपद्धति पनि यही हो । दुई जना अध्यक्षका बीच विवाद र अविश्वास बढाएर आफ्नो स्वार्थसिद्ध गर्ने दाउपेचमा कोही संलग्न भएर आफ्नो इतिहास, भूमिका र सार्वजनिक प्रतिष्ठालाई क्षयीकरण गर्ने भूल नगरेकै राम्रो होला ।’

थापाले पार्टी एकता र सहमतिको प्रक्रिया जे जसरी भए पनि अघि बढ्नु स्वयंमा निकै खुशीको कुरा रहेको बताउँदै यसमा कसैले तर, किन्तु, परन्तु, यद्यपि, तथापि भनेर असन्तुष्टि, गुनासो र भ्रर्त्सना गरेको स्वीकार्य नसकिने बताएका छन । उनले केही अघिसम्मको चार जनाको मोर्चा कार्यदल गठनसँगै तीन जनातिर खुम्चिंदै जानु सकारात्मक संकेत रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...