हेटौंडमा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौं‌डा-३ स्थित बसामाडीको तीनताप्के भन्ने स्थानमा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अटोमा सवार दुई जना रहेका छन् । उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो बिहीबार ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अटाे चालकको हेटाैंडाकाे चुरेहिल अस्पतालमा उपचार भैरहेकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...