आज थपिए कोरोनाका ४ सय ८४ संक्रमित



हाम्रो इकोनोमि

 

 

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ४ सय ८४ जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

बुधबार थपिएकासहित मुलुकभर हालसम्म कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हालसम्म कोरोनाबाट १६ हजार ७ सय २८ जना निको भइ घर फर्किका छन्। हालसम्म ६८ प्रतिशत कोरोनाबाट निको भएका छन्।

मुलुकभर ७ हजार ६ सय १३ जना सक्रिय संक्रमित छन्। विगत २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म ४ लाख ७२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

हालसम्म ९१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...