नेपालमा कोरोनाबाट मृत्तक संख्या ९० पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा लकडाउन अन्त्य गरिएसँगै कोरोना संक्रमण र मृत्युदर बढ्न थालेको छ । पछिल्लो २४ घण्टाभित्रै नेपालमा कोरोना भाइरस संक्रमणका कारण सात जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाभित्र ललितपुरमा चार जना, मोरङ, रुपन्देही र सप्तरीमा एक–एक जनाको कोरोनाका कारण ज्यान गएको छ ।

पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख, डाक्टर खगेश्वर गेलालले जानकारी दिएका छन् ।

यस्तै ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत बाराको कलैयाका ७५ वर्षीय पुरुष र टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । उनीहरुले त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटर नपाएपछि उपचारका लागि किस्टमा ल्याएपछि उपचारको क्रममा मृत्यु भएको उनले बताएका छन् ।

त्यसै गरी बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षीय दुई पुरुषको उपचारको क्रममा मङ्गलबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले जानकारी दिएका छन् । ज्यान गुमाएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको र २५ वर्षीय युवकको परीक्षण रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ ।

यस्तै सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बूढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ छातापुर घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका ८० वर्षीय वृद्धको पनि मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९० पुगेको छ ।

लकडाउन खुलेपछि उपत्यकामा मात्र थपिए ९८६ संक्रमित
यता काठमाडौं उपत्यकामा लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार लकडाउन खुल्नुभन्दा अघि साउन ७ गतेसम्म काठमाडौंका तीन वटै जिल्लामा संक्रमितको संख्या ३२८ थियो ।

तर लकडाउन खुलेपछिका २० दिनको अवधिमा ९८६ जना संक्रमित थपिएका छन् । लकडाउनपछि थपिएका संक्रमित लकडाउन भन्दा अघिको तीन गुणा बढी हो । लकडाउन अघि र लकडाउनपछि थपिएका संक्रमितसहित उपत्यकामा १ हजार ३१४ जनामा संक्रमण देखिएको छ । यीमध्ये सक्रिय संक्रमितको संख्या एक हजार १२२ छ ।

हेर्नुस् उपत्यकामा संक्रमित हुनेको विवरण
८ गते ९ जना
९ गते १० जना
१० गते ३ जना
१३ गते ५३ जना
१४ गते १५ जना
१५ गते ४५ जना
१६ गते ३८ जना
१७ गते ६ जना
१८ गते ३१ जना
१९ गते ५१ जना
२० गते ८० जना
२१ गते १०२ ज ना
२२ गते ८७ जना
२३ गते १२४ जना
२४ गते ६२ जना
२५ गते ९२ जना
२६ गते ४४ जना
२७ गते १३४ जना

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...