नेपालमा कोरोनाले एकैदिन ६ जनाको ज्यान गयो



हाम्रो इकोनोमि

 

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संङख्या ८९ पुगेको छ । एकैदिन देशका विभिन्न अस्पतालमा थप ६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ललितपुर, मोरङ, रुपन्देही र सप्तरीमा गरी ५ पुरुष र एक महिलाको राति ज्यान गएको हो ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिलाको ज्यान गएको अस्पतालले जनाएको छ । गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो । यस्तै मेडिसीटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षिय पुरुषको राति ज्यान गएको छ । साउन ५ गते भर्ना भएका उनमा निमोनिया, श्वासप्रश्वास लगायतका समस्या थियो । यस्तै किस्ट अस्पतालमा ज्यान गुमाएका व्यक्तिको बारेमा भने विवरण संकलनको काम भैरहेको छ ।

यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राती ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिए । ज्यान गुमाएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षका पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ ।

यसैगरी मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।

यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षका वृद्धको ज्यान गएको छ । कोरोनाको लक्षण देखिए पनि एक हप्तादेखि घरमै बसेका उनको राति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा एम्बुलेन्समै ज्यान गएको हो । उनको ज्यान गएपछि मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

यस्तै ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

उनलाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...