कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर गिरीको मृत्यु



हाम्रो इकोनोमि

 

 

जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालक कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

राजधानी काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उनको उपचारका क्रममा मंगलबार राति १२ बजेतिर मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो तीन सातायता मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरी एक सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए ।

जनकपुरधाममै रहेको अवस्थामा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो । उनका छोरा डा. सन्तोष गिरीका अनुसार उनी मुटु सम्बन्धी रोग, उच्च रक्तचापबाट पीडित थिए ।

उपचार गर्न अस्पताल भर्ना भएकै समयममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको परिवारजनले मृत्यु भएको पुष्टि गरेपनि अस्पतालले यो समाचार तयार पार्दासम्म केही जानकारी दिएको छैन ।

गिरी २०४२ सालदेखि ४ बर्षसम्म जनकपुरको मेयर बनेका थिए । उनी जनकपुरधामको मिल्स एरियास्थित होटल रामाका सन्चालकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...