गोंगबु हत्याकाण्ड: यी हुन् प्रहरीले पत्ता लगाएका १६ तथ्य र ८ प्रमाणहरु



हाम्रो इकोनोमि

 

 

राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ ।

रोल्पाका कृष्णबहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।  नक्कली फेसबूक अकाउन्ट बनाएर निर्वस्त्र तस्वीरहरू पठाउने गरेकाले कोठामा बोलाएर हत्या गरेको बयान उनले दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलनमा दिए ।

दहीचिउरामा स्लिपिङ ट्याबलेट राखेर खुवाएको र त्यसपछि अण्डकोषमा हानेर मारेको उनले बताएकी छन् । गोंगबुमा टाउको र खुट्टविनाको शव सुटकेशमा भेटिएको थियो । सुटकेशमा शव नआटाएपछि टाउको र खुट्टा काटेको उनले बताएकी छन् ।

टाउको र खुट्टा भने जेब्रा झोलामा अर्कै स्थानमा भेटिएको थियो । शरीर भेटिएपछि टाउको भने प्रहरीको जोजो नामक कुकुरले पत्ता लगाएको थियो । शवको सनाखत हुन नसकेपछि प्रहरीले फोटो नै सार्वजनिक गरेको थियो । त्यसपछि शव रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोराको भएको खुलेको थियो ।

सनाखत भएकै दिन प्रहरीले हत्यापछि चितवन पुगेकी कल्पनासंगै प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरी हत्या पछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

अनुसन्धानबाट खुलेका तथ्यहरुः-

 मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको ।

 तत्काल तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको ।

 मृतक पहिचानका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक संजाल तथा मिडिया मार्फत सार्वजनिक गरिएको ।

 मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको ।

 मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने यकीन भएको ।

 निज मृतक बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको ।

 मृतक र अभियुक्त बीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको ।

 मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको ।

 मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको ।

 मृतक घटनाको दिन आफु बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको ।

 मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको ।

 शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको ।

 मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको ।

 अनुसन्धानको क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजको छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको ।

 निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको ।

 हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको तथा थप अनुसन्धान कार्य भईरहेको ।

घटनास्थलबाट बरामद भएका दशी/प्रमाणका सामानहरू :

 घटनामा प्रयोग भएको धारिलो हतियार

 हिर्काउन प्रयोग भएको ह्याम्मर

 रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा

 घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल

 सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा

 मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु

 स्लिपीङ ट्यावलेटको खोल

 मोबाईल सेटहरु

पक्राउ ब्यक्तिको बिबरणः-

(१)नामथर :- कल्पना मुडभरी (पौडेल)

वतन:- जि.चितवन कालिका न.पा. वडा नं. ७ घर भई हाल का.जि. टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्ग बस्ने ।

उमेर :- ३७ बर्ष

पेशा :- गृहिणी/अभिनय (केही टेलिशृंखलामा)

पक्राउ मिति : २०७७।०४।२६ गते ।

पक्राउ स्थान : जि. चितवन कालिका न.पा. वडा नं. ९ शक्तिखोर स्थित माईती ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...