गोंगबु घटना : बोहोरा हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्वीर



 

 

गोंगबुमा आइतबार बिहान सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको अण्डकोषमा हानेर हत्या गरेको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन–चार वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिए ।

आपसमा चिनजान भएपछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्वीरहरू राख्न थालेका थिए । केही दिनअघि उनले कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हम्मरले हानेर मारेको कल्पनाले स्वीकार गरेको प्रहरीले बताएको छ ।

महाशाखाका एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न कल्पनाले टाउको र खुट्टा आफैंले काटेको बताएकी छिन् ।

‘शव फालेर उनी एम्बुलेन्समार्फत चितवन गएको प्रारम्भिक बयान दिएकी छिन् । प्रहरीले उनलाई सोमबार साँझ चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

कल्पनाले केही टेलिश्रृंखलाहरुमा अभिनयसमेत गरेको प्रहरीले जनाएको छ । उनीसँगै पक्राउ परेकी १५ वर्षीया किशोरी भने १० कक्षामा अध्ययनरत रहेको प्रहरीले बताएको छ ।

‘हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्