गोंगबु घटना : बोहोरा हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्वीर



हाम्रो इकोनोमि

 

 

गोंगबुमा आइतबार बिहान सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको अण्डकोषमा हानेर हत्या गरेको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन–चार वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिए ।

आपसमा चिनजान भएपछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्वीरहरू राख्न थालेका थिए । केही दिनअघि उनले कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हम्मरले हानेर मारेको कल्पनाले स्वीकार गरेको प्रहरीले बताएको छ ।

महाशाखाका एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न कल्पनाले टाउको र खुट्टा आफैंले काटेको बताएकी छिन् ।

‘शव फालेर उनी एम्बुलेन्समार्फत चितवन गएको प्रारम्भिक बयान दिएकी छिन् । प्रहरीले उनलाई सोमबार साँझ चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

कल्पनाले केही टेलिश्रृंखलाहरुमा अभिनयसमेत गरेको प्रहरीले जनाएको छ । उनीसँगै पक्राउ परेकी १५ वर्षीया किशोरी भने १० कक्षामा अध्ययनरत रहेको प्रहरीले बताएको छ ।

‘हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...