धनुषामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि



हाम्रो इकोनोमि

 

धनुषामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर-५ निवासी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए  । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति मृत्यु भएको थियो ।

मिथिला बिहारी नगरपालिका-५ घर भएका उनी जनकपुरधाम उपमहानगरपालिका-२ कदम चोकस्थित बिनयतारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए ।

विदामा घर गएको बखत बिरामी भएका उनलाई एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको थियो ।

धनुषाकै शहीद नगरपालिका-८ का ५० वर्षीय पुरुषमा भने संक्रमण पुष्टि नभएको प्रजिअ भट्टराइले बताए । उनको पनि शनिबार राति नै मृत्यु भएको थियो ।

योसँगै कोरोना संक्रमणका कारण धनुषामा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि शहीद नगरपालिका-८ का ३६ बर्षीय पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...