किराना पसलबाट कोरोना फैलिएपछी कोटेश्वरको असर्फी टोल सिल



हाम्रो इकोनोमि

 

 

काठमाडौंको कोटेश्वरस्थित असर्फी टोल सिल गरिएको छ । महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोनाभाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको हो ।

साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो।

वडा सदस्य हिरादेवी पोखरेलले दिएको जानकारीअनुसार थप १३ जनामा कोरोना पुष्टि भएकामध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ। तीन जनालाई भने उनीहरूकै घरमा राखिएको हो।

कोरोना देखिएका अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू हुन्। उनीहरूमध्ये कतिपय मजदुरी गर्छन्। पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...