प्रचण्डकी बुहारीद्वारा प्रधानमन्त्री केपी ओलीको अपमान



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माइली बुहारीले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीप्रति अपमानजनक शब्द बोलेकी छिन् ।

प्रधानमन्त्री ओलीलाई दाहालकी बुहारी सिर्जना त्रिपाठीले ‘लाजको पसारो’ भनेर अपमान हुने शब्दावली प्रयोग गरेकी हुन् । त्रिपाठीले फेसबुकमा ओलीविरुद्ध अभिव्यक्ति दिएकी हुन् ।

माडी नगरपालिकका जनप्रतिनिधिहरूसँग ओलीद्वारा गरिएको कुराकानीको तस्वीर र घर जलेको तस्वीर राखेर अपमानजनक शब्दावली लेखेकी छिन् ।

तस्वीरसँगै दाहालकी बुहारी त्रिपाठीले लेखेकी छिन्, ‘सत्ता र शक्तिको उन्मादले अन्धो बनाएको एक दृष्य । लाजको पसारो ।’ त्रिपाठीको यो हर्कतले नेकपाभित्र तरंग उत्पन्न गरिदिएको छ ।

नेकपाभित्र दाहालले ओलीको राजीनामा माग गरेर उत्पात मच्चाइरहेका बेला जेठी बुहारी त्रिपाठीले समेत ओलीप्रति घृणा र वितृष्णा मच्चाउने गरेर तस्वीर र स्टाटस लेखेकी छिन् ।

फेसबुकको स्टाटसलाई लिएर आलोचना भएपछि त्रिपाठीले सो स्टाटस हटाएकी छिन् । सो स्टाटसपछि त्रिपाठीको चौतर्फी आलोचना भएको छ ।

त्रिपाठी स्व.साकार दाहालकी माइली पत्नी हुन् । जेठी पत्नीसँग सम्बन्ध विच्छेद गरेपछि साकार दाहालले कास्कीकी त्रिपाठीसँग विवाह गरेका थिए । त्रिपाठी हुँदा हुँदै साकार दाहालले तेस्रो पत्नी बिना मगरलाई विवाह गरेका थिए ।

बिना मगर ओली नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ मन्त्रीका रुपमा छिन् ।

     

 

      साभार-

 देनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...