काठमाडौंको गोगंबुमा टाउको काटेको लास सुर्केशभित्र भेटियो, भिडीयोमा हेर्नुहोस्
काठमाडौं उपत्यकाको गोंगबुमा देखिएको एक घटनाले सबैको होस उडाएको छ । यहाँ टाउको नभएको अवस्थामा गोंगबुमा एउटा सुटेकसभित्र लाश भेटिएको छ । लाश भन्दा टाउको केही पर झोलामा भेटिएको छ । काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले घटना पुष्टि गर्नुभएको हो ।
केसीका अनुसार बिहान पौने सात बजे स्थानीयले प्रहरीलाई यसको जानकारी दिएका थिए । लाश पुरुषको भए पनि सनाखत भने भइनसकेको छैन । घटनामा कसैलाई पनि पक्राउ नगरिएको र अनुसन्धान भइरहेको बताएको छ । परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली लगायत प्रहरी अधिकारीहरु घटनास्थल पुगेका छन् ।

