नेकपाका सांसदले भने हामी कुनै गुटमा छैनौ



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो पार्टीका ६१ जना सांसदले आफुहरु कुनै गुटमा नलाग्ने घोषणा गरेका छन् ।

आज नेकपा संसदीय दलको कार्यालय सिंहदरवारमा भेला भएर उनीहरुले एकैस्वरमा आफुहरु गुटको पछि नलाग्ने घोषणा गरेका हुन् ।

पार्टीमा संस्थापन पक्षको नेतृत्व प्रधानमन्त्री केपी ओली तथा  अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल समूहबीच शक्ति संघर्ष चर्किरहेका बेला सांसदहरुले गुटबन्दी अन्त्य गर्न नेताहरुलाई आग्रह समेत गरेका छन् ।

नेताहरुबीचको टकरावले पार्टी गम्भीर संकटमा फस्दै गएको भन्दै उनीहरुले तत्काल पार्टीभित्रका अन्तरविरोध र संघर्षको अन्त्य गर्न आग्रह गरेका छन् ।

भेलामा ओली समूहका सांसदहरु विशाल भट्टराई, कृष्ण दाहाललगायत छन् भने प्रचण्ड–नेपाल समूहका सुरेश कुमार राई, रामकुमारी झाँक्रीलगायतका सांसद उपस्थित छन् ।

अहिले संसदीय दलको कार्यालयमा उनीहरुको पत्रकार सम्मेलन जारी छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...