नेकपाका सांसदले भने हामी कुनै गुटमा छैनौ



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो पार्टीका ६१ जना सांसदले आफुहरु कुनै गुटमा नलाग्ने घोषणा गरेका छन् ।

आज नेकपा संसदीय दलको कार्यालय सिंहदरवारमा भेला भएर उनीहरुले एकैस्वरमा आफुहरु गुटको पछि नलाग्ने घोषणा गरेका हुन् ।

पार्टीमा संस्थापन पक्षको नेतृत्व प्रधानमन्त्री केपी ओली तथा  अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपाल समूहबीच शक्ति संघर्ष चर्किरहेका बेला सांसदहरुले गुटबन्दी अन्त्य गर्न नेताहरुलाई आग्रह समेत गरेका छन् ।

नेताहरुबीचको टकरावले पार्टी गम्भीर संकटमा फस्दै गएको भन्दै उनीहरुले तत्काल पार्टीभित्रका अन्तरविरोध र संघर्षको अन्त्य गर्न आग्रह गरेका छन् ।

भेलामा ओली समूहका सांसदहरु विशाल भट्टराई, कृष्ण दाहाललगायत छन् भने प्रचण्ड–नेपाल समूहका सुरेश कुमार राई, रामकुमारी झाँक्रीलगायतका सांसद उपस्थित छन् ।

अहिले संसदीय दलको कार्यालयमा उनीहरुको पत्रकार सम्मेलन जारी छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...